Skip This
असहायको भरोसा बन्दै भेरी अस्पताल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
दाँतको उपचार गराउन भेरी अस्पतालमा आएका बिरामी
Invalid date format o८:१८:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

असहायको भरोसा बन्दै भेरी अस्पताल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:१८:oo

बाँकेको नेपालगन्ज उपमहानगरपालिका– ७ फुल्टेक्राका ७० वर्षीय रामसुरेश साहु बिसन्चो हुनबित्तिकै भेरी अस्पताल पुग्छन् । विपन्न परिवारका साहुले सामाजिक सेवा इकाइमार्फत वेलावेला निःशुल्क सेवा लिँदै आएका छन् । ‘स्वास्थ्य जाँच निःशुल्क हुन्छ, यहाँ हुने–खानेभन्दा गरिब उपचारका लागि आएको पाउँछु,’ उनले भने । भेरीमा स्वास्थ्य जाँचसँगै एक्सरे, प्याथोलोजी, भिडियो एक्स–रे, इको, सिटिस्क्यानलगायत सेवा निःशुल्क छ । 

नेपालगन्ज– २१ पुरैनीका सद्दाम खान पनि निजीमा महँगो हुने भएकाले आफू नियमित भेरी अस्पताल जाने गरेको बताए । ‘यहाँ (भेरी)मा पैसा नहुनेले सामाजिक सेवा इकाइमार्फत उपचार पाउँछन्,’ उनले भने । भेरी अस्पतालले स्वास्थ्य बिमा र सामाजिक सेवा इकाइमार्फत गरिब, असहाय र ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिँदै आएको छ । भेरी अस्पतालमा आए पैसाकै कारण उपचारबाट वञ्चित हुन नदिने व्यवस्था मिलाइएको भेरी अस्पताल विकास समिति अध्यक्ष वीरेन्द्रबहादुर शाहले बताए । 

अस्पतालका अध्यक्ष वीरेन्द्रबहादुर शाहले गरिब, असहाय र ज्येष्ठ नागरिकलाई सामाजिक सेवा इकाइमार्फत निःशुल्क सेवा दिँदै आएको बताए । ‘उपचारका लागि भेरी अस्पतालमा आएका बिरामी पैसाकै कारण उपचारबाट वञ्चित हुनुपर्दैन,’ उनले भने, ‘अस्पतालले बेवारिसे अवस्थामा रहेका बिरामीको समेत निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छ ।’

भेरी अस्पतालले सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउँदै लगेको अध्यक्ष शाहले बताए । उनले गरिब, असहायका उपचारमा टेवा पु¥याउन ५० बेड निःशुल्क गरेको जानकारी दिए । उनले टेक्निसियनको भरमा सञ्चालनमा रहेको सिटिस्क्यान सेवाका लागि दुईजना रेडियोलोजिस्ट नियुक्त गरेको जानकारी दिँदै उनले दुई हप्ताभित्र एमआरआई सञ्चालन हुने स्पष्ट पारे । ‘भेरी अस्पतालमा आएका कुनै पनि बिरामीलाई थप जाँचका लागि बाहिर जान नपरोस् भनेर सबै जाँच गर्ने व्यवस्था अस्पतालमै मिलाएका छौँ,’ उनले भने, ‘बिमा, ओपिडी, पर्चा काट्ने ठाउँलाई थप व्यवस्थित बनाउने काम अगाडि बढेको छ ।’

भेरीले सिकलसेल एनिमियाका बिरामीका उपचारलाई सहज बनाउन ‘डे केयर युनिट’ बनाउने तयारी गरेको छ । भेरी अस्पतालले कार्डियो, युरो र नेफ्रोको विशिष्टीकृत सेवा दिँदै आएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले बताए । उनले मुटुको भल्भ हाल्ने, पिसाबबाट उत्पन्न हुने रोग र ६ मिर्गौलापीडितको डायलाइसिसका लागि आवश्यक पर्ने फिस्टुला हाल्ने, डायलाइसिस सेवा सञ्चालनमा रहेको बताए । ‘भेरी अस्पतालले न्युरो सेवा पनि सुरु गरेको छ । न्युरो सर्जनले बिरामीलाई विशिष्टीकृत सेवा दिँदै आउनुभएको छ,’ डा. रायमाझीले भने, ‘हाड–जोर्नी, नसा, आँखा, नाक, कान, घाँटीको उपचार त हुने नै भयो । घुँडाको लिगामेन्टको अप्रेसन पनि भेरीमै हुन्छ ।’

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रायमाझीले विशिष्टीकृत सेवा सुरु भए पनि भौतिक पूर्वाधार र जनशक्ति अभावका कारण सेवालाई प्रभावकारी बनाउन नसकेको बताए । एउटा चिकित्कसले एक दिनमा ३० जना बिरामी जाँच्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ, तर भेरी अस्पतालमा कार्यरत एउटा चिकित्सकले कम्तप्मा सयजना बिरामी जाँच्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार जाँच गर्न पाएको भए बिरामीले गुणस्तरीय सेवा पाउने थिए ।’

उनले जनशक्ति नहुँदा अप्रेसन गर्नुपर्ने बिरामीले लामो समय कुर्नुपर्ने बाध्यता भएको बताए । ‘हाडको अप्रेसन, पेटको अप्रेसन छुट्छ । पेटको गरे पत्थरीको अप्रेसन गर्नुपर्ने बिरामीले पालो पाउँदैनन्,’ डा. रायमाझीले भने, ‘एक हजार जनशक्ति आवश्यक पर्ने अस्पतालमा तीन सय ७५ जना कार्यरत छन् । दुईजना स्टाफ नर्सले ५० जना बिरामीलाई हेर्नुपर्ने अवस्था छ ।’