१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १७:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकार सत्ता टिकाउने खेलमा मात्रै  केन्द्रित : एमाले सचेतक बर्तौला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२६:oo

एमालेका सचेतक महेशकुमार बर्तौलाले सरकार जनताका आधारभूत आवश्यकताभन्दा पनि सत्ता टिकाउने खेलमा मात्रै लागेको आरोप लगाएका छन्। उनले राजनीतिक भागबन्डा कसरी मिलाउनेभन्दा सरकारको ध्यान अन्त नभएको दाबी गरे।

मदन भण्डारी फाउन्डेसन मकवानपुरले शनिबार हेटौँडामा आयोजना गरेको चाडपर्व विशेष कार्यक्रममा बोल्दै सचेतक बर्तौलाले गठबन्धन र सरकारलाई देश र जनता कुन अवस्थामा छन् भन्नेभन्दा पनि सत्ता कसरी टिकाउन सकिन्छ भन्नेतर्फ मात्रै ध्याउन्न रहेको बताए।

‘देशमा चरम आर्थिक संकट बढेको छ। जनता अहिले खाए भरे के खाऊँ भन्ने अवस्थामा पुगेका छन्। व्यपार व्यवसाय ठप्प छ। तर, सरकार भागबन्डा गरेर पदकाे बाँडफाँडमा मात्रै केन्द्रित छ। सरकारले जनतालाई राहत हैन आहत मात्रै दिएको छ,’ उनले भने।

सचेतक बर्तौलाले देश विषम परिस्थितिबाट गुज्रिरहेको बेला सरकारमा रहेका गठबन्धन दलहरू आफ्नो स्वार्थअनुकूल भागबन्डामा रमाउँदा जनताका आधारभूत आवश्यकता ओझेलमा परेको बताए।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले अहिलेको अवस्थामा सरकार कहाँ छ भनेर खोज्ने बेला भएको बताए। उनले संघीय र प्रदेश सरकार दुबैले जनताको लागी केही पनि काम नगरेको भन्दै दुबैलाई दिउँसै बत्ती लिएर खोज्ने बेला भएको भन्दै व्यंग्य गरे।