१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २६ शुक्रबार
  • Friday, 09 May, 2025
दीपक बोहरा काठमाडाैं
२o८o असोज २६ शुक्रबार o८:२५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नौ वर्षदेखि थन्कियो लुम्बिनी प्रादेशिक अस्पतालको एम्बुलेन्स 

Read Time : < 1 मिनेट
दीपक बोहरा, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज २६ शुक्रबार o८:२५:oo

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल नौ वर्षदेखि एम्बुलेन्सविहीन छ । प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भए पनि उक्त अस्पतालमा ०७२ देखि एम्बुलेन्स छैन । अस्पतालमा एम्बुलेन्स नभएकाले बिरामी ल्याउन तथा रेफर गरिएका बिरामीलाई विभिन्न अस्पतालमा पठाउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ । 

अस्पतालको एम्बुलेन्स नहुँदा बिरामीका परिवार निजी एम्बुलेन्समा महँगो शुल्क तिर्न बाध्य हुँदै आएका छन् । अर्कोतर्फ आवश्यक परेका वेला एम्बुलेन्स पाउन पनि समस्या हुने गरेको छ । अस्पतालको रा.१झ ११३ नम्बरको एम्बुलेन्स बिग्रिएपछि अहिले निजी एम्बुलेन्समा सिफारिस गर्ने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ड डा. पदमराज अधिकारीले बताए । 

पटक–पटक बिग्रिने र बनाउँदा पाँच–सात लाख खर्च हुने भएकाले पनि उक्त एम्बुलेन्सलाई थन्क्याएर राख्नुपरेको उनको भनाइ छ । ‘पटक–पटक बिग्रिरहन्छ, एम्बुलेन्सको मूल्यभन्दा बढी मर्मतमै खर्च हुने देखियो,’ डा. अधिकारीले भने, ‘त्यसैले थन्क्याएर राख्नुपर्ने अवस्था आएको छ ।’ अस्पतालका स्टोर प्रमुख रेश्मीराज अधिकारीले ०६६ मा सो एम्बुलेन्स खरिद गरिएको र अहिले बिग्रिएकाले थन्क्याएर राख्नुपरेको बताए ।