१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

प्रदेशको उद्योग मन्त्रालयले थाल्यो खाद्य उद्योगहरूको अनुगमन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:१३:oo

चाडपर्वका वेला अखाद्य वस्तुको बिक्री–वितरण रोक्न सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले खाद्य उद्योगको अनुगमन थालेको छ । विभागीय मन्त्री, मन्त्रालयका कर्मचारी र सरोकारवाला निकायका प्रतिनिधिसहितको टोलीले बिहीबार धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका क्षेत्रमा रहेका चारवटा खाद्य उद्योगको अनुगमन गरेको छ ।

धनगढीको राजश्री फुड इन्डस्ट्रिज प्रालि, ठाकुर खाद्य इन्डस्ट्रिज तथा गोदावरी फ्लोर मिल र गोदावरीको सुदूर फुड इन्डस्ट्रिजमा अनुगमन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गत उद्योग, वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयका निर्देशक खेम चौधरीले ठाकुर खाद्य इन्डस्ट्रिजमा अन्य कम्पनीले उत्पादन गरेको चामल पनि भेटिएको जानकारी दिए । त्यहाँ केही चामल अखाद्यजस्तो देखिएको उल्लेख गर्दै उनले त्यसलाई तत्काल नचलाउन निर्देशन दिइएको बताए ।

‘विभिन्न कम्पनीले उत्पादन गरेका विभिन्न ब्रान्डका चामल ठाकुर खाद्य इन्डस्ट्रिजमा भेटिएका छन्, त्यसरी राख्न पाउँछ कि पाउँदैन भोलि दर्ता प्रमाणपत्र ल्याउनु भनेका छौँ,’ निर्देशक चौधरीले भने, ‘केही सामान शंकास्पद पनि देखियो, यसबारे भोलि छलफल गर्छौँ ।’ उत्पादित चामलको बोरामा पुरानो छाप नदेखिने गरी ठाकुर खाद्यले नयाँ छाप हानेको पनि देखिएको अनुगमन टोलीले जनाएको छ । अन्य उद्योगमा भने त्यस्तो कैफियता फेला नपरेको निर्देशक चौधरीले जानकारी दिए ।

चाडपर्वको समयमा अखाद्य वस्तुको बिक्री–वितरण बढी हुने भएकाले बजारमा खाद्य स्वच्छता कायम गर्न मन्त्रालयले खाद्य उद्योगको अनुगमन थालेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले बताए । उनले खाद्य उद्योगहरूको अनुगमनलाई निरन्तरता दिइने बताए । अनुगमनले उद्योगीका समस्या तथा गुनासा बुझ्न पनि प्रदेश सरकारलाई मद्दत पुग्ने मन्त्री धामीले बताए । उद्योगीका समस्या समाधान गर्न प्रदेश सरकारले सहयोग गर्ने, तर गलत गरेको भेटिए कारबाहीको दायरामा ल्याइने उनले बताए ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी उपमहानगरपालिकालगायत निकायका प्रतिनिधिको सहभागिता थियो । ‘चाडबाडमा अखाद्य वस्तुको बिक्री–वितरण अरू वेलाभन्दा बढी हुन्छ, खाद्य स्वच्छता कायम गर्न खाद्य उद्योगको अनुगमन थालिएको हो,’ निर्देशक चौधरीले भने ।    

ad
ad