१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार २o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

गृहमैदानमा लाओससँग नेपालले खेल्यो बराबरी, अन्जनले बनाए गोलको कीर्तिमानमा बराबरी

फिफा विश्वकप २०२६ एसियाली छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २o:३२:oo

फिफा विश्वकप २०२६ को एसियाली छनोटअन्तर्गत पहिलो चरणको छनोटमा नेपाल लाओससँग बराबरीमा रोकिएको छ। 

पहिलो हाफमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै ४८ औँ मिनेटमा अन्जन विष्टले नेपाललाई बराबरी दिलाएका थिए। तर, त्यसपछि कुनै गोल गर्न नसक्दा नेपालले जित हासिल गरी होममा जितको अवसर गुमायो। 

दशरथ रंगशालामा भएको खेलमा नेपाललाई बराबरी गोल दिलाउने क्रममा अन्जनले नेपालका लागि सर्वाधिक गोलको कीर्तिमानमा हरि खड्का र नीराजन रायमाझीसँग बराबरी गरे। उनीहरू तीनैजनाले १३–१३ इन्टरनेसनल गोल गरेका छन्।

त्यसअघि लाओसका कप्तान बोनपछान बोउनकोङले ३३औँ मिनेटमा आफ्नो देशका लागि गोलको खाता खोलेका थिए। त्यसपछि गोलका केही अवसरमा नेपाली फर्वार्ड चुक्दा जितको अवसर गुमेको हो।

दोस्रो हाफमा नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले दाोस्रो हाफको सुरुमै आवास लामिछानेको स्थानमा उत्सव राई, आयुष घलानको स्थानमा दिनेश हेन्जन र आशिष चौधरीको स्थानमा एरिक विष्टलाई मैदान पठाएपछि नेपालको खेल सुधारिएको थियो।

एरिक विष्टको कर्नरमा अञ्जनले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए। रेफ्रीसँग प्रतिवाद गर्दा लाओसका प्रशिक्षकले इन्जुरी टाइममा रातो कार्ड पाएका थिए।

अब एकसातापछि लाओसको गृहमैदानमा नेपालले अवे खेल खेल्नेछ। 

ad
ad