१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नीति निर्माण प्रक्रियामा मेजर अपरेसन जरुरी छ : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४८:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम निर्माणको प्रक्रियामा मेजर अपरेसन जरुरी रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले भने, ‘नीति तथा कार्यक्रम निर्माणको प्रक्रियामा मेजर अपरेसन जरुरी छ। हामीले अहिलेसम्म अपनाउँदै आएका नीति कार्यक्रम निर्माणको प्रक्रिया र बजेट निर्माणमा सुधार आवश्यक छ। अहिलेको कार्यक्रमा पुरानै प्रक्रिया अपनाउनुको विकल्प भएन। आगामी नीति कार्यक्रम निर्माण र बजेट बनाउने विषयमा मेजर अपरेसनको तयारीमा छौँ।’ 

सरकारले आगामी वर्षको नीति निर्माणमा छलफल सुरु गरेको भन्दै निजी क्षेत्रले सुरु गरेको बहसले थप मद्दत मिल्ने प्रधानमन्त्रीको भनाइ थियो । ०८०/८१ को बजेट निर्माणमा विगतका योजनाको समीक्षा र आगामी योजनाबारे सोचिने उनले बताए। । 

‘टालटुले तरिकाले अर्थतन्त्रको सुधार हुँदैन। रेडिकल र बोल्ड निर्णय गर्नुपर्नेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘वित्तीय र मौद्रिक नीतिमा तालमेल गर्न सरकारले केही न केही सुधार भएको छ। तर, मूल सुधार बाँकी छ।’

निजी क्षेत्रका सबैले अर्थतन्त्र के गरी सुधार्ने भन्ने सुझाव राखेर आफ्नो योजनालाई साथ दिएको बताउँदै कार्यक्रममा धारणा राख्नेहरूलाई धन्यवाद व्यक्त गरे। सबैका सुझाव र भावनालाई ग्रहण गर्दै सरकार अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन तयार रहेको उनले बताए। 

उनले अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन म सहमत भएको बताए। अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्र, सरकार, विज्ञ, अर्थ मन्त्रालय, राष्ट्र बैंक, प्रधानमन्त्री कार्यालयबाट सहभागी हुने गरी यस्तो संयन्त्रको खाँचो रहेको उनले औँल्याए।