१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दसैँ बिदामा विद्यार्थीलाई कस्ता कुरा सिकाउने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२३:oo

अक्षरा स्कुलकी संस्थापक निर्देशक अन्जु भट्टराईले दसैँ–तिहारजस्ता चाडबाडका वेला विद्यार्थीलाई होमवर्कको भारी बोकाउन नहुने बताइन् । ‘नयाँ पुस्तक पढ्न लगाउने, चाडबाडको महत्व र दर्शनबारे अनुसन्धान गरेर लेख लेख्न लगाउने, कतै घुम्न गएका छन् भने नियात्रा लेख्न लगाउनेलगायत होमवर्क विद्यार्थीलाई दिन्छौँ,’ उनले भनिन्, ‘यो वेला होमवर्कको भारी बोकाउँदैनौँ, बरु कुराकानी र मौलिक होमवर्क गर्न भन्छौँ, हाइकिङ र प्राकृतिक कुराबारे लेख्न प्रेरित गर्छौं, यसले विद्यार्थीको बौद्धिक क्षमता, सिर्जनशीलता बढ्छ र नैतिक र सामाजिक कुरा पनि सिकाउँछ ।’ 

संस्कृतिविद् जगमान गुरुङ भन्छन्, ‘दसैँ–तिहार, लोसार, छठ, नेपाल संवत्लगायत पर्व र चाडमा विज्ञान छ भनेर सिकाउनु अहिलेको आवश्यकता हो । नयाँ पुस्ताले हरेक कुरामा विज्ञान खोज्छ र त्यसमा सिकाउने र बुझाउने दायित्व हाम्रो हो । नेपालमा पुस्ता र दक्षताको हस्तान्तरण भएको छैन ।’ त्यस्तै शिक्षाविद् विद्यानाथ कोइराला दसैँ–तिहारको इतिहासबारे बालबालिकालाई सिकाउनुपर्ने बताउँछन् ।

‘दसैँमा लगाइने टीका र जमराको प्रतीक के हो भन्नेबारे केटाकेटीलाई सिकाउनुपर्छ । यसका लागि इन्टरनेट, बाआमा, टोलछिमेकका व्यक्ति, शिक्षकहरू सिकाइका स्रोत हुन सक्छन्,’ उनले भने । त्यस्तै पुराना पुस्ताले नयाँ पुस्तालाई उवेलाको चलन र समाजबारे अनुभव आदानप्रदान गर्नसमेत सक्ने उनको भनाइ छ ।

ad
ad