१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
राजमार्गमा परेका खाल्डाखुल्डी पुर्दै मजदुर । तस्बिर : नयाँ पत्रिका
२०८० असोज २५ बिहीबार ०७:२६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पुर्न थालियो राजमार्गका खाल्डाखुल्डी

Read Time : < 1 मिनेट
२०८० असोज २५ बिहीबार ०७:२६:००

दसैँ नजिकिँदै जाँदा सवारीसाधनको चाप बढेसँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा भएका खाल्डाखुल्डी पुर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङसहित जिल्लाका तीनवटै सुरक्षा निकायका प्रमुखहरूले राजमार्ग निरीक्षण गरेसँगै खाल्डाखुल्डी पुर्ने काम सुरु भएको हो । 

‘चाडपर्वको समयमा सवारीसाधनको चाप बढी हुन्छ । राजमार्ग विस्तारको काम भैरहेको छ । कसरी यात्रा सहज बनाउने भन्ने हामी सबैको चिन्ता र चासो छ,’ धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले भने, ‘सडक सुधार गर्न सम्बन्धित आयोजना तथा निर्माण व्यवसायीलाई निर्देशन दिएका छौँ । राजमार्गमा परेका खाल्डाखुल्डी पुर्ने काम छिट्टै सकिन्छ ।’

सडकको छेउकुनामा राखिएका निर्माण सामग्री हटाउन, आवश्यक स्थानमा स्पिड लाइनसहित ट्राफिक संकेत, ऐना आदिको प्रबन्ध मिलाउन सम्बन्धित सडक आयोजना तथा निर्माण व्यवसायीलाई भनिसकिएको छ ।  नागढुंगा–मुग्लिन सडक योजना कार्यालय (पूर्वी खण्ड) गजुरी धादिङका योजना प्रमुख ईश्वरबहादुर रिजालले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको नागढुंगादेखि मलेखुसम्म नागढुंगा–मुग्लिन सडकअन्र्तगत ५५ किलोमिटर मर्मत भइरहेको बताए । ‘चाडपर्वअघि नै खाल्डाखुल्डीरहित सडक बनाउँछौँ,’ उनले भने ।  नयाँ पत्रिकाले २२ असोजमा ‘दसैँमा घर फर्किने बाटोको बिजोग’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।