१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हालसम्म ३८ हजार ५९ जनामा डेंगु संक्रमण, २० काे निधन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५२:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेंगुबाट संक्रमित हुनेको संख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ। 

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेंगुबाट संक्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन्।

महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले डेंगुको संक्रमण कायमै रहेको र जतिवेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्। 

हालसम्म कुल संक्रमित संख्यामा प्रदेशअनुसार सबैभन्दा धेरै कोशी प्रदेशमा २३ हजार नौ सय पाँच जना (६२.८ प्रतिशत) संक्रमित भएका छन् भने सबैभन्दा कम संक्रमित प्रदेश कर्णाली एक सय २८ जना (०.३ प्रतिशत) छन्। 

त्यस्तै, मधेश प्रदेशमा पाँच सय ९० जना (१.६ प्रतिशत), बागमती प्रदेशमा चार हजार आठ सय ८३ जना (१२.८ प्रतिशत), गण्डकी प्रदेशमा ६ हजार आठ सय १८ जना (१७.९ प्रतिशत),  लुम्बिनी प्रदेशमा ६ सय ५५ जना (१.७ प्रतिशत) र सुदूरपश्चिम प्रदेशमा एक हजार ८० जना (२.८ प्रतिशत) संक्रमण देखिएको छ।

 जिल्लागत हिसाबले सबैभन्दा धेरै क्रमशः सुनसरी जिल्लामा १६ हजार ९६ जना (४२.३ प्रतिशत) संक्रमित भएका छन्। तनहुँमा चार हजार ६ सय ५१ जना (१२.२ प्रतिशत), झापामा तीन हजार पाँच सय ८१ जना (९.४ प्रतिशत), धादिङमा तीन हजार एक सय ३० जना (८.२ प्रतिशत), मोरङमा दुई हजार दुई सय ७४ जना (६ प्रतिशत), कास्की जिल्लामा एक हजार चार सय ८१ जना (३.९ प्रतिशत) र काठमाडौंमा आठ सय दुईजना (२.१ प्रतिशत)  संक्रमित भएका छन् भने अन्य जिल्लामा ६ हजार ४४ जना (१५.९ प्रतिशत) डेंगुबाट संक्रमित भएका छन्।  

कुल डेंगु संक्रमित संख्यामा अगस्टमा मात्र संक्रमित संख्या १३ हजार आठ सय ४६ जना पुगेको थियो। सेप्टेम्बरमा ११ हजार पाँच सय ८० जना र अक्टोबर ११  सम्म चार हजार सात सय ९० जना संक्रमित भएका छन्। 

गत वर्ष अक्टोबरमा १७ हजार आठ सय ८९ मा डेंगु संक्रमण देखिएको थियो। डेंगु रोग डेंगु भाइरसबाट संक्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। 

महाशाखाले एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कनाले लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालयभित्र र वरपरका पानी जम्ने सबै ठाउँ र पानी राख्ने भाँडा खोजी सफा गरौँ र लामखुट्टेको फुल नष्ट गरौँलगायतका डेंगु नियन्त्रणका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।