
इजरायलमा प्यालेस्टाइन हमास समूहको हमलामा परेर मृत्यु’ भएका विद्यार्थीको स्मृतिमा सुदूरपश्चिम विश्वविद्यालयले शोक बिदा दिएको छ । सरकारले २३ असोज (मंगलबार) राष्ट्रिय शोक दिवस मनाउने घोषणा गरेसँगै सुदूरपश्चिम विश्वविद्यालयले शोक बिदा दिएको हो ।
सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले सरकारले राष्ट्रिय शोक दिवस घोषणा गरेकै दिन विश्वविद्यालयले शोक बिदा दिएको बताए । शोक विदामा केन्द्रीय क्याम्पससहितका अन्य आंगिक क्याम्पमा शोक बिदा दिइएको छ ।
गत २७ भदौमा सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय बिएस्सी एग्रिकल्चरमा अध्ययनरत विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि ४९ जना विद्यार्थी गएका थिए । २० असोजमा हमाल समूहको हमलामा परेर सुदूरपश्चिम विश्वविद्यालयकै १० विद्यार्थीको निधन भएको थियो ।