१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस काठमाडौं
Invalid date format १६:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षा विधेयक संशोधनका लागि दलहरूसँग छलफल गर्ने माओवादी संसदीय दलको निर्णय

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o८:oo

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले प्रतिनिधिसभामा प्रक्रियामा रहेको विद्यालय शिक्षा विधेयक, २०८० संशोधनका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बसेको बैठकले सत्तागठबन्धनभित्र उक्त विधेयकमा छलफल गरेर संशोधन गर्ने निर्णय गरेको हो। बैठकले सो विधेयकमाथि संशोधन राख्ने समयावधिभित्र सबै सांसदले आ–आफ्नो ठाउँबाट पनि संशोधन प्रस्ताव दर्ता गर्न पाउने निर्णय गरेको पार्टीका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए।

उक्त विधेयकमाथि संसदीय समितिमा दफाबार छलफलका क्रममा सक्रिय भूमिका निर्वाह गरिने बैठकको निर्णय छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै साँझ बोलाएकाे सर्वदलीय बैठकमा पनि उक्त विधेयकमाथि संशोधनबारे छलफल हुने उनको भनाइ छ। सर्वदलीय बैठकमा प्रतिनिधिसभामा रहेको सबै दलका प्रमुख सचेतकलाई पनि आमन्त्रण गरिएको छ।

बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको आसन्न नेपाल भ्रमण, संसदमा सम्बोधनलगायत विषयमा पनि छलफल भएको थियो। महासचिव गुटेरेसले यही असोज २७ गते शनिबार अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।

बैठकले इजरायलमा भएको आक्रमणबाट निधन भएका नेपाली नागरिकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गरेको प्रमुख सचेतक पाण्डेले जानकारी दिए। बैठकले घाइतेको उपचार, मृतकको शव नेपाल ल्याउन तथा त्यहाँ रहेका नागरिकको उद्धार एवं स्वदेश फिर्तीका सम्बन्धमा छिटो पहल गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको उनको भनाइ थियो।