१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

चाडपर्वमा यस्ता फर्निचरले सजाउनुस् घर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:४२:oo

चाडपर्वमा नयाँ फर्निचरले घर सजाउने धेरैको चाहना हुन्छ । मानिसले घरमै बिताउने भएकाले घरको वातावरण स्वभावसुहाउँदो हुनुपर्छ । त्यसैले पनि मानिसमा इन्टेरियर डिजाइनिङप्रति चासो बढ्दै गइरहेको छ । इन्टेरियर डिजाइनर एसोसिएसन अफ नेपालका महासचिव रामगोपाल तण्डुकार आधुनिक जीवनशैलीसँगै मानिसको आवश्यकता र चाहना पनि फेरिँदै गएको बताउँछन् ।

उनले घरको आन्तरिक सजावटमा विभिन्न सामग्री मिश्रण गरी फर्निचर बनाउने चलन बढेको बताए । ‘सहरी क्षेत्रमा आधुनिक शैलीका घरमा निर्माणसँगै आकर्षक र आरामदायी फर्निचरको प्रयोग बढेको छ । जसले गर्दा जीवनशैली र प्रयोगकर्ताअनुकूल सामग्री बनाउने क्रम बढ्दो  छ,’ महासचिव तण्डुकार भन्छन्, घरमा बेड, सोफा सेट, डाइनिङ सेट, टेबल, कुर्सी, दराजलगायत धेरै प्रयोगमा आउने फर्निचरको माग बढ्दो छ ।’

घरमा फर्निचरको प्रयोग गर्दा फरक लुक्स दिने चाहना धेरैमा हुने गरेको उनी बताउँछन् । ‘त्यसैले बजारमा बेत, बाँस, रड, आइरन तथा प्लास्टिकका फर्निचर पनि चलेका छन्,’ उनले भने ।नयाँ घर मात्रै नभएर पुराना घरमा पनि इन्टेरियर डिजाइनिङ गर्न सकिने उनले बताए । उनले समय, पैसा र स्थानको बचत गर्नुका साथै घरलाई आकर्षक लुक्स दिन इन्टेरियर डिजाइनरसँग सहकार्य गर्दा राम्रो हुने बताए । ‘घरभित्रका प्रत्येक स्थानलाई कसरी आकर्षक रूप दिने भन्नेबारे इन्टेरियर डिजाइनरले ध्यान दिएका हुन्छन्,’ उनले भने । 

मुकेश महर्जन
इन्टेरियर डिजाइनर

घरको थिमअनुसार सजावटमा ध्यान दिनुपर्छ । क्लासिक गर्ने कि मोडर्न डिजाइनमा गर्ने भन्ने कुरा ख्याल गर्नुपर्छ । फर्निचर किनेर मात्रै हुँदैन, भित्ताको रङसँग पनि मिलाउनुपर्छ । 

इन्टेरियर डिजाइनर मुकेश महर्जन कोठाको रङसँग मिल्दो फर्निचर खरिद गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘घरको थिमअनुसार सजावटमा ध्यान दिनुपर्छ । क्लासिक गर्ने कि मोर्र्डन डिजाइनमा गर्ने भन्ने कुरा ख्याल गर्नुपर्छ । फर्निचर किनेर मात्रै हुँदैन, भित्ताको रङसँग पनि मिलाउनुपर्छ । सोफा मिलाउँदा लाइट नमिल्ने, पर्दा मिलाउँदा भित्ताको रङ नमिल्ने भयो भने भद्दा देखिन्छ त्यसले थिममा क्लासिक वा मोडर्न के छ, त्यहीअनुसार फर्निचरको मिलाउनुपर्छ ।’

बजेटलाई ध्यानमा राखेर कोठामा उपलब्ध क्षेत्रफलअनुसार फर्निचर किन्दा उपयुक्त हुने उनले बताए । ‘कतिपयले हतारमा बजारबाट सामान किनेर ल्याउँदा कोठाको इन्टेरियरअनुसार नहुँदा सुहाउँदो हुँदैन । बजारबाट फर्निचर घरमा ल्याउँदा नमिल्न पनि सक्छ । हेर्दा आकर्षक देखेर ल्याइन्छ, तर कमसल पर्ने सम्भावना हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले फर्निचर राख्ने कोठाको नाप अनिवार्य लिनुपर्छ । कोठाको ठाउँ विचार गरेर फर्निचर किन्ने योजना बनाउनु राम्रो हुन्छ ।’
उनले आवश्यकताअनुरूप फर्निचरको सूची तयार गरी फर्निचर खरिदको योजना बनाउनुपर्ने बताए । 

‘आफ्नो घरमा सुहाउँदो र खर्च कम लाग्ने फर्निचर छनोट गर्नु बुद्धिमानी हुन्छ । सबै घरको आफ्नै विशेषता हुन्छ, फर्निचर पनि त्यस्तै खालका मिलाउनुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘फर्निचर किन्दा रङ र डिजाइन मात्रै महत्वपूर्ण हुँदैन, टिकाउ कति हुन्छ भन्ने पनि महत्वपूर्ण हुन्छ । घरमा एकैखाले फर्निचर राख्नुभन्दा पनि कोठाअनुसार फरक–फरक बनाउँदा लुक्स आकर्षक देखिन्छ ।’

नेपाली बजारमा स्वदेश र विदेशमा उत्पादित विभिन्न ब्रान्डका नयाँ डिजाइनका फर्निचर पाइन्छन् । सस्तो बजेटमा पनि फर्निचर राख्न सकिन्छ । वालपेपर, फ्लोरिङअनुसार कसरी कोठालाई चिटिक्क बनाउने, भान्छा, बेडरुम र बैठकमा कस्ता फर्चिनर राख्ने भन्ने विषयमा पनि ध्यान दिन जरुरी हुन्छ । ‘इन्टेरियर डिजाइनरसँग परामर्श गरेर सजावटका काम गर्दा धेरै आकर्षक लुक्स दिन सकिन्छ,’ महर्जनले भने । 

ad
ad