१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:o५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एसियाडको पदकमा चीनको कीर्तिमान, नेपाललाई १ रजत र १ कांस्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o५:oo

चीनको पूर्वी सहर हाङझाउमा १९औँ संस्करणको एसियाली खेलकुद (एसियाड)को आइतबार समापन हुँदै छ। प्रतियोगितामा ४५ देशका १२ हजार खेलाडीले ४० खेलमा प्रतिस्पर्धा गरे।

आयोजक चीनले सर्वाधिक २०१ स्वर्ण, १११ रजत र ७१ कांस्य गरी कुल ३८३ पदक जितेको छ। चीन एकै संस्करणमा २ सय बढी स्वर्ण जित्ने पहिलो राष्ट्र हो।

दोस्रो स्थानमा रहेको जापानले ५२ स्वर्ण, ६७ रजत र ६९ कास्य गरी कुल १८८ पदक जितेको छ। ४२ स्वर्ण, ५९ रजत र ८९ कांस्य गरी १९० पदकसहित दक्षिण कोरिया तेस्रो स्थानमा रहन सफल भयो।

भारतले एसियाली खेलकुदमा अहिलेसम्मकै राम्रो प्रदर्शन गर्‍यो। भारतले २८ स्वर्ण, ३८ रजत र ४१ कांस्यसहित कुल १०७ पदक जितेको छ। भारत पदक तालिकाको चौथो स्थानमा रह्यो। सहभागी ४५ मध्ये २७ देशले स्वर्ण जिते।

सन् १९५१ देखि भाग लिएको नेपाल पदक तालिकाको ३४औँ स्थानमा रहेको छ। नेपालका लागि एरिका गुरुङले कराँतेबाट रजत र महिला कबड्डी टिमले कांस्य जितेको छ। नेपालले सन् २००६ पछि पहिलोपटक दुई पदक जितेको हो। यसअघि २०१० देखि २०१९ सम्म तीन संस्करणमा नेपाल एक–एक पदकमा मात्र सीमित बनेको थियो।