१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format o८:१७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उद्योगको फोहोर पानी शुद्धीकरणका लागि प्रविधि जडान गरिँदै

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format o८:१७:oo

कञ्चनपुरको एक चिनी मिलले उद्योगबाट निस्किने फोहोर पानी शुद्धीकरणका लागि प्रविधि जडान गरेको छ । पुनर्वास नगरपालिका–२, दशरथ बस्तीमा रहेको भागेश्वर सुगर एन्ड केमिकल प्रालिले उद्योगबाट निस्किने फोहोर पानी शुद्ध बनाउन लागेको हो । गत साउनमा सिमरी नदीमा आएको बाढीमा उद्योगले केमिकलयुक्त पानी बगाएका कारण धान र उखुखेती नष्ट भएको किसानले आरोप लगाएपछि उद्योगले आधुनिक प्रविधिबाट पानी शुद्धीकरण गर्ने भएको हो ।  

भागेश्वर सुगर एन्ड केमिकल प्रालिका अधिकृत डम्बरबहादुर खडकाले उद्योगबाट निस्किने पानी प्रशोधनका लागि प्लान्ट जडान भइरहेको बताए । ‘पहिले पनि हामीले उद्योगबाट पानी प्रशोधन गर्दै आएका थियौँ,’ उनले भने, ‘उद्योगबाट निस्किएको पानीले स्थानीय किसानले उद्योगलाई आरोप लगाउन थालेपछि आधुनिक प्लान्ट जडान गरिरहेका छौँ ।’ प्लान्ट निर्माण भएसँगै उद्योगबाट निस्किएको फोहोरो वर्गीकरण गरेर बाहिर निस्किने पानी सिँचाई गर्न सकिने अधिकृत खड्काले बताए । ‘हामीसँग पहिला पनि थियो, तर अहिले हामीले आधुनिक प्रविधियुक्त जडान गरेका छौँ, ‘उनले भने, ‘अब यो पानीबाट सिँचाइ गर्दा पनि हुन्छ ।’ उनले उद्योगबाट कुनै पनि नदीमा केमिकलयुक्त पदार्थ नबगाएको बताए ।

भागेश्वर सुगर एन्ड केमिकल प्रालिका महाप्रबन्धक द्वारिकानाथ पाण्डेयले उद्योगबाट निस्किएको पानीका कारण अन्नबाली नष्ट नभएको जिकिर गरे । उनले उद्योगबाट निस्किने फोहोरपानीको परिमाणभन्दा तलै रिपोर्ट आएको बताए । 

उनले बिओडी र सिओडीको तोकिएको मापदण्डभित्रै पानी परीक्षणको रिपोर्ट आएकाले उद्योगकै कारण अन्नबाली नष्ट नभएको र लेदोका कारण अन्नबाली नष्ट भएको दाबी गरेका छन् ।