१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १९ शुक्रबार
  • Friday, 09 May, 2025
२o८o असोज १९ शुक्रबार ११:४२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आजदेखि हुन्डाईको ‘फेस्टिभ कार्निभल’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १९ शुक्रबार ११:४२:oo

आउँदै गरेका चाडपर्व दसैँ, तिहार र छठको अवसर पारेर हुन्डाई नेपालले हुन्डाई फेस्टिभ डिलाइटअन्तर्गत ‘हुन्डाई फेस्टिभ कार्निभल’ आयोजना गर्दै छ । कम्पनीले आजदेखि २१ गतेसम्म देशभरका आफ्ना सबै सोरुममा यो प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागेको हो । 

यो कार्यक्रम कम्पनीले आफ्ना ग्राहकसँग प्रत्यक्ष भेटघाट गरी शुभकामना आदान–प्रदान गर्दै विभिन्न कार्यक्रमका साथ मनाउने जनाएको छ । कार्निभलमा हुन्डाईका सबै सोरुमहरूमा फरक–फरक कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ । कार्यक्रममा लाइभ फुड स्टर्स, लाइभ सांगीतिक प्रस्तुति, किड्स प्ले जोनको व्यवस्था गर्दै कार्यक्रमलाई आकर्षक बनाउने कम्पनीको दाबी छ ।

त्यस्तै, गाडीसम्बन्धी आवश्यक विभिन्न डाई टिप्स एन्ड ट्रिक्स, निःशुल्क गाडीको परीक्षण तथा चेकजाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, इभी गाडीसम्बन्धी विशेष जानकारी तथा अन्तक्र्रिया कार्यक्रम, इभी हाई भोल्टेज ब्याट्री चेकअप, मोटर र्‍यालीजस्ता कार्यक्रम पनि हुने कम्पनीको भनाइ छ । 

तिनदिने यस कार्निभललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुन्डाई टिकटक प्रतियोगिता, एक्सटर ट्रेजर हन्ट, दैनिक टेस्ट ड्राइभ एन्ड विनलगायतका कार्यक्रम आयोजना हुने कम्पनीले जनाएको छ । कार्निभलमा आयोजना गरिएका प्रतियोगितामा सहभागी भई विजेता हुनेले बोस र वर्लपुलका वासिङमेसिन, माइक्रोवेभ ओभन, मिक्सर ग्राइन्डरहरू पाउन सक्ने जनाइएको छ ।