१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १९:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भिरबाट खसेर विदेशी नागरिकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:४५:oo

मनाङमा भिरबाट खसेर एक विदेशी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चार्ल्स केथ डेभिज छन्।

प्रहरीका अनुसार बेँसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका– ३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुंगा पन्छाउने क्रममा बुधबार राति करिब १० बजेतिर डेभिज खसेका थिए। उनी सडकबाट करिब एक सय मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेको प्रहरीले जनाएको छ।

डेभिज श्रीमती वेथ एन फोड्रियत, गाइड, चालक र भरियासहित बा. ६च ७५६ नम्बरको ल्यान्डक्रुजर गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे जाँदै थिए। 

डेभिजको शव पोस्टमार्टमको लागि एयर डाइमेक्टिकको हेलिकोप्टरमार्फत बिहीबार दिउँसो सवा ३ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। 

जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार बुधबार जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले राति सवा १ बजे उनको उद्धार गरेको थियो। 

उद्धारपछि उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे लगिएको थियो। राति करिब तीन बजे अस्पताल लगिएकोमा अस्पतालका डाक्टरले सवा ३ बजे मृत घोषणा गरेका थिए।

ad
ad