१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वराजा ज्ञानेन्द्रको पछिल्लो गतिविधिप्रति सरकारले निगरानी गरोस् : प्रदीप यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:o७:oo

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले मधेशमा पछिल्लो समययता धाार्मिक सदभाव बिथोल्न भइरहेका उच्छृंखल गतिविधिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। 

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका यादवले धार्मिक तनाव बढाउनुको पछाडि पूर्वराजा ज्ञानेन्द्र शाहको हात रहेको आशंका व्यक्त गरेका छन्। 

उनले भने, ‘अहिले आफूलाई राजावादी भन्नेहरू हौसिएका छन्। किन ? कतै आगो लगाएर न्यानो ताप्ने योजना त छैन यिनीहरूको ?’ 

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवले पूर्वराजा ज्ञानेन्द्र शाहको लोकतन्त्रविरोधी गतिविधिको निगरानी गर्न सरकारसँग माग गरे। मधेश जहिल्यै पनि गणतन्त्र र संघीयताका लागि लडेको भन्दै यादवले भने, ‘तर, अहिले मधेशमा एउटा कुनै शक्तिले षड्यन्त्रको तानाबाना बुनेर धार्मिक तनाव गराउने खेल खेलिरहेको छ।’

मधेशको राजनीतिक शक्ति भनेकै हिन्दू र मुस्लिमबीचको साझा एकता रहेको भन्दै यादवले तर अहिले धार्मिक द्वन्द्व फैलाएर मधेशी जनताबीचको एकतालाई तोडने षड्यन्त्र भइरहेको बताए।

उनले धार्मिक द्वन्द्व चर्काउने, हिंसाका लागि उक्साउने, सामाजिक सदभाव भडकाउने अभिव्यक्ति दिने महन्थ वा मौलवी जोसुकै भए पनि उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे।

समाजमा द्वन्द्व र हिंसा फैलाउन उक्साउने व्यक्ति वा समूहको फेसबुक र टिकटक आइडी सरकारलले तुरुन्त बन्द गर्नुपर्नेमा जोड दिए। 

यादवले भने, ‘सोसल मिडियामा उत्तेजक सामग्री राख्ने, पुराना भिडियोलाई तोडमोड गरी ताजा घटनाका रूपमा प्रस्तुत गर्ने, अर्काको धर्म वा धर्मावलम्बीलाई अपमान गर्ने, गाली–गलाेज गर्ने, हिंसा फैलाउन झुटा, मनगढन्ते कुरा राख्नेहरूको तुरुन्त पहिचान गरी दण्डित गर्नुपर्छ। उनीहरूको फेसबुक र टिकटक आइडी सरकारले तुरुन्तै बन्द गर्नुपर्छ।’