१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गम्भीर अपराधका दोषीलाई कैद मिनाहाको निर्णय गलत छ : गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५१:oo

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले गम्भीर अपराधमा दोषी ठहर भएकालाई कैद माफी मिनाहा गरिएको विषयमा आपत्ति जनाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले संविधानविपरीत कानुनको छिद्रबाट बदनियतका साथ छिरेर सो निर्णय गरिएको भन्दै विरोध गरेका हुन्।

‘संविधान दिवसको दिन ६ सय ७० जनालाई माफी मिनाहा गरिएको छ। तीमध्ये कति संविधानसम्मत, कानुनसम्मत पनि छ होला । तर, फेरि एकपटक संविधानको मर्मविपरीत र कानुनको छिद्रबाट बदनियतका साथमा छिरेर, गम्भीर अपराधमा दोषी ठहर गरिएकालाई कैद माफी मिनाहा गरिएको छ,’ उनले भने, ‘बदनियतका साथ भएको यो निर्णय गलत छ। यसको विरोध स्वाभाविक छ, वाञ्छनीय छ। यसको विरोध हुन्छ।’

उक्त विषय अदालतसम्म पुगेको उल्लेख गर्दै महामन्त्री थापाले सरकारको सो निर्णयले सबैलाई गिज्याइरहेको बताए।

‘यो विषय अदालतको ढोकासम्म पुगेको छ, जसले हामी सबैलाई गिज्याइरहेको छ। अदालतमाथि पनि प्रश्न उठेको छ,’ उनले भने, ‘अदालतले पक्कै यसको बारेमा बोल्छ। र, सही कुरा बोल्छ।’