१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

भारतको अटोमोबाइल क्रान्तिमा इभी

विद्युतीय कार (इभी) उत्पादन र त्यसको प्रविधिमा आएको निरन्तरको सुधारले अहिले भारतीय कार उद्योगलाई उचाइ दिइरहेको छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:१३:oo

अमेरिकामा एउटा सहर छ, डेट्रोइट । यो सहरलाई अमेरिकाको औद्योगिक कायापलट गर्ने श्रेय दिइन्छ । डेट्रोइट सहरमा अटोमोबाइल उद्योग तीव्र गतिमा बढ्यो । यही उद्योगले लाखौँ मानिसलाई रोजगारी दियो । साथसाथै, अमेरिकी अर्थतन्त्रलाई थप गतिशीलसमेत बनायो । उद्यमी हेनरी फोर्डले यसको पहलकदमी लिए र दोस्रो विश्वयुद्धपछि त्यहाँ सवारी कारबाहेक व्यावसायिक सवारीसाधन पनि उत्पादन हुन थाल्यो । यही कारण यो सहरलाई विश्वले ‘मोटर सिटी’का रूपमा चिन्दै आएको छ । 

अटोमोबाइल उद्योगमा कम्पनीले त नाफा आर्जन गर्छन् नै, साथसाथै ठूलो संख्यामा कामकाजी मान्छेले रोजगार पाउँछन् । अटोमोबाइल उद्योग बढ्दै जान थालेपछि डेट्रोइटमा अरू पनि उद्योग खुल्न थाले । पछि गएर विश्वका कैयौँ कार कम्पनीले त्यहाँ कारखाना खोले । यसरी डेट्रोइटमा नयाँनयाँ प्रविधि पनि भित्रिँदै गयो । जसले गर्दा कार पहिलेभन्दा थप सुन्दर, मजबुत र तीव्र गतिमा कुद्ने हुन थाले । 

तर, भारतमा भने यो परिवर्तन निकै ढिला गरी आयो । कारण, भारतमा लाइन्सेन्स (अनुमतिपत्र) चाहिन्थ्यो । त्यतिवेला दुई–तीन कम्पनीले मात्रै कार बनाउने अनुमति पाए । तर, ८० को दशकपछि नयाँ सुरुवात भयो । र, सर्वप्रथम विदेशी कम्पनी सुजुकीले कार बनाउने अनुमति पायो । त्यसपछि भने एकपछि अर्को गर्दै कार र व्यावसायिक सवारीसाधन बनाउने कम्पनीको लस्कर लाग्यो । जति धेरै कम्पनी आए, कार उत्पादन पनि उसैगरी बढ््दै गयो । रोजगारी पनि सिर्जना हुँदै गयो । भारतमै कार बनाउने सरकारी नीति सफल बन्यो । 

कार उत्पादन गर्न भारत सरकारले गुजरात र तामिलनाडुमा न्यूनतम मूल्यमा जमिन उपलब्ध गराउनुका साथै थुप्रै प्रकारका प्रोत्साहन दियो । यसबाहेक कार निर्यात गर्ने कम्पनीलाई लक्षित गरी सरकारले निर्यात प्रोत्साहन पनि दियो । यसरी भारत कार उत्पादन गर्ने देशबाट निर्यात गर्ने देशसम्म बन्यो । 

अटोमोबाइल उद्योग बढ्दै जान थालेपछि डेट्रोइटमा अरू पनि उद्योग खुल्न थाले । पछि गएर विश्वका कैयौँ कार कम्पनीले त्यहाँ कारखाना खोले । यसरी डेट्रोइटमा नयाँ–नयाँ प्रविधि पनि भित्रिँदै गयो । जसले गर्दा कार पहिलेभन्दा थप सुन्दर, मजबुत र तीव्र गतिमा कुद्ने हुन थाले । 

कार कम्पनीहरूबीच स्वस्थ प्रतिस्पर्धा हुन थालेपछि भारतको कार बजारको आकार फराकिलो बन्यो । ग्राहकसँग विकल्पहरू भए । बिस्तारै बैंकहरूले कार तथा दुईपांग्रे सवारीसाधन खरिद गर्न कर्जा दिन सुरु गरे । यसले सवारीसाधन खरिदलाई झन् सजिलो बनायो । कोभिड–१९ महामारीपछि भारत तंग्रियो । लगभग सबै उद्योगले गति लिन थाले । तर, सबैभन्दा बढी अटामोबाइल उद्योगमा तीव्रता आयो । अब विद्युतीय कार (इभी) उत्पादन र त्यसको प्रविधिमा आएको निरन्तरको सुधारले भारतीय कार उद्योगलाई उचाइ दिइरहेको छ ।

आर्थिक वर्ष २०२२–०२३ मा भारतमा कुल २९ लाख कार उत्पादन भए । सन् २०३० सम्म तीन करोड इभी उत्पादन हुने आकलन गरिएको छ । यसरी भारतले इभी उत्पादनमा फड्को मारेको छ । टाटा मोटर्सले यसको सुरुवात गरेको छ । अब प्रत्येक अटोमोबाइल कम्पनी इभी उत्पादन गर्ने तयारीमा जुटेका छन् । टेस्लाजस्ता कार कम्पनी भारत आएर कार बनाउने तयारी गरेका छन् । कारसँगसँगै अब इभी ट्रक पनि बन्ने भएका छन् । यसले पेट्रोलियम पदार्थको आयात कम भई अर्थतन्त्रमा सहयोग पु¥याउनेछ । 

भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)लाई बढावा दिनेमा अटोमोबाइल उद्योगको ठूलो योगदान छ । कुल जिडिपीमा यो क्षेत्रको योगदान ७.१ प्रतिशत छ भने पूर्वाधार जिडिपीमा ४९ प्रतिशत । यसले कम्तीमा पनि दुई करोड जनालाई रोजगारी दिएको छ । यदि अहिलेकै अवस्था रहेमा सन् २०३० सम्म अटोमोबाइल उद्योगले पाँच करोड रोजगारी सिर्जना गर्न सक्छ । 

भारत यतिवेला विश्वकै ठूलो ट्र्याक्टर उत्पादक हो । त्यस्तै, दोस्रो ठूलो बस उत्पादक र तेस्रो ठूलो हेभी ट्रक उत्पादन गर्ने देश हो । विभिन्न तथ्यांकले के संकेत गर्छ भने भारत आगामी केही वर्षमा इभी उत्पादन गर्ने तेस्रो नम्बरमा हुनेछ । कारको बिक्री बढ्नुको एउटा कारण इभी उत्पादनमा बढोत्तरी र त्यसको मूल्यमा आउने गिरावट हुनेछ । र, भारतमा इभीले नयाँ अटोमोबाइल क्रान्ति ल्याउनेछ, यसमा शंका छैन । 
 एजेन्सी

ad
ad