१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

महिला भलिबलमा नेपाल भारतसँग पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:१२:oo

महिला भलिबलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भएको छ । समूह चरणबाट बाहिरिएका टोलीहरूमध्ये नेपाल र भारत एक समूहमा थिए । एसियाडमा महिला भलिबलमा १३ टोली सहभागी भएकोमा नेपाल समूहको दुवै खेलमा भियतनाम र दक्षिण कोरियासँग पराजित भएको थियो । शीर्ष आठबाहेकका बाँकी स्थान छुट्याउन का लागि खेल हुने हुँदा नेपाली महिला टोलीले एसियाडमा थप खेल खेल्ने अवसर पाएको हो ।

भारतसँग पराजित नेपालले अब ९–१२औं स्थानको क्लासिफिकेसनका लागि अझै दुई खेल खेल्नेछ । नेपालले अर्को खेल हङकङसँग खेल्नेछ । हङकङलाई पराजित गरेमा नेपालले नवौँ स्थानका लागि खेल खेल्नेछ । यसमा पराजित भए नेपाल ११औँ स्थानका लागि अन्तिम खेल खेल्नेछ ।नर्मल युनिभर्सिटी कान्क्विन जिम्न्यासियममा नेपालले सुरुदेखि नै भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, आफ्नै सामान्य गल्तीमा र निर्णायक क्षणमा चुक्दा नेपाल पराजित भयो । 

पहिलो सेटमा नेपालले अग्रता लिए पनि २३–२३ को बराबरीपछि भारतले दुई अंक जोड्दै सेट आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट नेपालले २८–२६ ले जित्दै खेल १–१ को बराबरी गर्‍यो । तेस्रो सेटमा नेपालले सुरुवातदेखि नै भारतमाथि अग्रता लियो । नेपाल कुनै समयमा २०–१५ को बलियो स्थितिमा थियो । नेपालले त्यसलाई कायम राख्न सकेन । भारतले २०–२० को बराबरी गर्दै सेट २५–२३ ले जित्दै २–१ को अग्रता बनायो । चौथो सेटमा पनि नेपालले भारतलाई टक्कर दिएको थियो । यस सेटमा नेपालले अनावश्यक गल्तीका कारण हारको सामना ग¥यो । 

ad
ad