Skip This
सामाजिक सदभावमा खलल पुग्ने गतिविधि नगर्न देउवाको अपिल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १७ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १७ बुधबार १७:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सामाजिक सदभावमा खलल पुग्ने गतिविधि नगर्न देउवाको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १७ बुधबार १७:o४:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले धार्मिक र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न, नगराउन सबैमा अपिल गरेका छन्।

सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न सभापति देउवाले विज्ञप्तिमार्फत अपिल गरेका छन्।

देउवाले परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावका साथ मिलेर बसिरहेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

बुधबार देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘केही दिनयता बाँकेमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावमा खलल पुर्‍याउन सक्ने विषयप्रति नेपाली कांग्रेस गम्भीर चिन्ता प्रकट गर्दै सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक एवं समग्र सद्भावका लागि अपिल गर्दछ।’