१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

काजुको खिर यसरी बनाउनुस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:४६:oo

काजु हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक छ । धेरैखाले मिठाईमा यसलाई प्रयोग गरिएको हुन्छ । यसबाट हलुवा, खिर, सेकलगायत परिकार पनि बनाउन सकिन्छ । 

काजु खिर 
काजु खिर बनाउनका लागि काजु, बदाम र मखाना आवश्यक पर्छ । मखानालाई मज्जाले पिसेर घ्यूमा भुट्नुस् र त्यसपछि दूधमा उमाल्नुस् । मखाना पाकेपछि काजु र बदामलाई पनि हाल्नुस् । यसलाई मज्जाले चलाउनुस् । नत्र, भाँडोमै टाँसिएर डढ्न पनि सक्छ । सबै मज्जाले पाकेपछि खिरमा सक्खर र अलैँची पाउडर हाल्नुस् र थोरै समय पकाउनुस् । खिर तयार हुन्छ ।

काजु सेक 
काजु सेक बनाउनका लागि १०–१५ वटा काजुका दानालाई दूधमा भिजाएर राख्नुस् । दूधमा काजु भिजिसकेपछि यसलाई मिस्क्चरमा पिस्नुस् । जब काजु स्मुथ पेस्टमा बदलिन्छ, त्यसपछि यसमा चिसो दूध, चिनी र केसर मिसाएर फेरि एकपटक मिक्स्चर चलाउनुस् । सेक तयार हुन्छ । यसलाई ग्लासमा हालेर सर्भ गर्न सकिन्छ । 

काजु हलुवा 
काजु हलुवा बनाउनका लागि यसलाई स–सानो पिसमा काट्नुस् । हल्का तातो आँचमा प्यान वा तावा बसाल्नुस् र पाँच मिनेटसम्म काजुलाई भुट्नुस् । एउटा भाँडोमा दूध तताउनुस् । दूध उम्लिएपछि त्यसलाई चिनी हालेर चलाउनुस् । त्यसपछि भुटेको काजुलाई पिसेर यसमा मिसाउनुस् । केसर, अलैँची पाउडरलगायत मिसाएर यसलाई थप स्वादिष्ट बनाउन सकिन्छ ।

ad
ad