१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीको आरोप– प्रधानमन्त्रीले नयाँ ‘कन्फ्लिक्ट’को साइकल सिर्जना गर्न खोजे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२८:oo

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ द्वन्द्वको चक्र सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा फागुन १ गते जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने सरकारको गत वर्षको निर्णयप्रति इंगित गर्दै ओलीले यस्तो आरोप लगाएका हुन्।

‘सम्माननीय प्रधानमन्त्री युद्धका घाउ सदाका लागि निको पारौँ भन्ने हाम्रा प्रयासलाई असफल पार्ने र परिस्थितिलाई भड्काउने दाउमा हुनुहुन्छ। शान्ति प्रक्रियाको टुंगो होइन, युद्ध प्रक्रियाको सुरुवात गर्न खोज्दै हुनुहुन्छ,’ उनले भने, ‘विस्मृतिमा राख्नुपर्ने कहालीलाग्दो द्वन्द्वको भोगाइलाई उधिनेर पीडितलाई भड्काएर उनीहरूको खाटा बसेको घाउको खाटा उप्काएर नुनचुक छरेर फेरि नयाँ कन्फ्लिक्टको साइकल सिर्जना गर्न खोज्दै हुनुहुन्छ।’

मेलमिलापका साथ हिँड्नुपर्ने वेलामा प्रधानमन्त्रीले हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय उत्सव घोषणा गरेको भन्दै ओलीले बिदा दिने सरकारको घोषणा आफूहरूलाई मान्य नभएको बताए।

‘हिजोका कुरा बिर्सिएर मेलमिलापका साथ हिँड्नुपर्ने वेलामा प्रधानमन्त्रीले हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय उत्सवका रूपमा घोषणा गर्नुभयो। भोज खाऊ, नाचगान गर, बाजा बजाऊ, त्यसका लागि राष्ट्रिय बिदा घोषणा गर्नुभयो। यो बिदा घोषणाा मान्य छैन,’ उनले भने।