
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले फाइल खोल्ने धम्की दिएर प्रतिपक्षलाई तर्साउन खोजेको आरोप लगाएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले भ्रष्टाचारलगायतका विभिन्न कान्डको फाइल खोल्ने धम्की दिएर प्रतिपक्षलाई तर्साउन खोजेको आरोप लगाएका हुन्।
उनले वर्तमान सरकार चरम अनुत्तरदायी, गैरजिम्मेवार र स्वेच्छाचारी भएको आरोप लगाए। अदालतले १० वर्ष सजाय सुनाएको अपराधीलाई सरकारले आममाफी दिएको भन्दै उनले असन्तुष्टि पाेखे।