१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पार्टीलाई प्रचण्डको ब्रिफिङ- चीनसँगका समझदारी दूरगामी महत्वका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१२:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र संघको ७८औँ महासभामा सहभागिता र जनवादी गणतन्त्र चीन भ्रमणबारे पार्टीलाई ‘ब्रिफिङ’ गराएका छन्।  

आज बसेको पार्टी पदाधिकारी बैठकमा उनले महासभामा सहभागिताबाट विश्वसमुदायले नेपाललाई नजिकबाट चिन्ने वातावरण बनेको बताए।  

प्रधानमन्त्री दाहालले चीनसँग भएका सम्झौता तथा समझदारी नेपालको विकासमा दूरगामी महत्वको भएको उल्लेख गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

‘संयुक्त राष्ट्रसंघको महासभामा विश्वसमुदायले नेपाललाई नजिकबाट चिन्ने गरी नेपालको प्रस्तुति भएको छ,’ प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै उनले भने, ‘संयुक्त राष्ट्रसंघका महासचिवसँगको भेट तथा महासभाका क्रममा भएका ‘साइडलाइन’ वार्ता महत्वपूर्ण रह्यो।’

प्रधानमन्त्री दाहालले राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच सहकार्य तथा अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने, कृषि, विज्ञान, प्रविधिलगायत क्षेत्रको विकासका लागि दुई देशबीच भएको सहमति दूरगामी महत्वका रहेको बताएको प्रवक्ता सापकाटाले जानकारी दिए।  

बैठकमा माओवादीले गत भदौ १६ गतेदेखि चलाएको रुपान्तरण अभियानबारे पनि छलफल भएको थियो। बैठकले अभियानलाई प्रभावकारी बनाउने, चाडपर्वको समयमा पनि विविध कार्यक्रम गरी जनताको घरदैलोमा पुग्न नेता–कार्यकर्तालाई दिशानिर्देश गरेको उनले जानकारी दिए। 

प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दैै गत भदौ ३० गते संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्क प्रस्थान गरेका थिए। उनी न्युयोर्कबाट सीधै चीन भ्रमणमा निस्किएका थिए। प्रधानमन्त्री दाहाल चीन भ्रमण सम्पन्न गरी यही असोज १३ गते स्वदेश फर्किएका थिए।