१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
फाइल तस्बिर
२o८१ बैशाख २१ शुक्रबार १३:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपालगन्जमा अनिश्चितकालका लागि कर्फ्यु  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:३१:oo

नेपालगन्जमा अनिश्चितकालका लागि कर्फ्यु जारी गरिएको छ। हिन्दू र मुस्लिमबीच झडप हुने सम्भावना बढेपछि बाँके प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। 

नरैनापुरका एक युवाले सामाजिक सञ्जाल फेसबुक पेजमा इस्लाम धर्मविरुद्ध स्टाटस लेखेको विरोधमा इस्लाम धर्मावलम्बीहरूले आइतबार नेपालगन्जमा प्रदर्शन गरेका थिए। 

उक्त प्रदर्शनको विरोधमा हिन्दू धर्मवलम्बीले आज प्रदर्शन गरेपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी २४ घन्टाका लागि कर्फ्यु जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए। 

उनका अनुसार नेपालगन्ज उपमहानगरपालिकाको चार किल्लामा सभा, सम्मेलन, प्रदर्शन गर्न निषेध गरिएको छ। उनले पूर्वमा राप्ती नदी, दक्षिणमा जमुनाहा, उत्तरमा राँझा चोक र पश्चिममा इन्द्र गाउँ जाने बाटोसम्म कर्फ्यु जारी गरिएको बताए। 

ad
ad