१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका कञ्चनपुर
२o८१ बैशाख २१ शुक्रबार ११:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नदीजन्य पदार्थको अवैध उत्खनन गर्नेलाई ५० हजार जरिवाना    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:४९:oo

नदीजन्य पदार्थको अवैध रूपमा उत्खनन गर्नेलाई कृष्णपुर नगरपालिकाले जरिवाना गर्ने भएको छ । नगरपालिका क्षेत्रभित्रका खोला, नदीबाट गिटी, ढुंगा, माटो, बालुवा अवैध उत्खनन गर्ने र बिक्री–वितरण गर्नेलाई  ५० हजार जरिवाना गर्ने भएको हो ।

नगरपालिका क्षेत्रभित्रका खोलानालाबाट नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गर्ने सबै प्रकारका ढुवानीका साधनलाई नगगरपालिकाले जरिवाना गर्ने जनाएको छ । ‘नगरपालिका क्षेत्र भएर बग्ने वनहरा, बन्द, मछेली र मोहन नदीबाट नदीजन्य पदार्थ संकलन तथा उत्खनन गर्ने कार्यका लागि तीनपटक सार्वजनिक सूचना जारी गरिएकामा तोकिएको म्यादभित्र बोलपत्र पेस भएका छैनन्,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीले भने, ‘त्यही भएर नदीजन्य पदार्थ उत्खनन र बिक्री–वितरणमा रोक लगाइएको छ ।’ 

उनका अनुसार ठेक्का बन्दोबस्तको काम गर्न केही समय अझै लाग्ने भएकाले कार्यपालिकाको निर्णयअनुसार अर्को निर्णय नभएसम्मका लागि नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्री–वितरणमा रोक लगाइएको छ ।

नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन, संकलन र बिक्री–वितरणमा रोक लगाए पनि निर्वाध रूपमा ओसारपसारको काम भने भइरहेको छ । मछेली, वनहरालगायतका नदीबाट लुकीचोरी नदीजन्य पदार्थको ओसारपसारको कार्य भइरहेको स्थानीय बासिन्दाको भनाइ छ ।     

 

ad
ad