१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहाको चोहर्वामा सामुदायिक सर्पदंश उपचार केन्द्रकाे उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o९:oo

सिराहाको चोहर्वामा सामुदायिक सर्पदंश उपचार केन्द्रको उद्घाटन गरिएको छ।

नेपाली सेनाको बहादुर श्री शेरगण ब्यारेकछेउमा निर्माण गरिएको सामुदायिक सर्पदंश उपचार केन्द्रको नेपाली सेनाका मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारीले उद्घाटन गरेका हुन्। 

नेपाली सेनाले सञ्चालन गर्दै आएको जयकाली सर्पदंश उपचार केन्द्रलाई स्तरोन्नति गर्दै नयाँ पक्की भवनमा सामुदायिक सर्पदंश उपचार केन्द्र स्थापना गरिएको हो। 

केन्द्रको उद्घाटन गर्दै उपरथी अधिकारीले तराई क्षेत्रमा सर्पदंशको जोखिम उच्च रहने गरेकाले नयाँ भवनले थप स्तरीय सेवा प्रदान गर्ने गरी उपचारमा उपयोग गर्ने उपकरण व्यवस्थापनमा जोड दिनुपर्ने र नेपाली सेनाबाट आवश्यक सहयोग जारी रहने बताए। 

करिब एक करोड लागतमा आठवटा कोठा निर्माण गरी १० बेडको सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको सामुदायिक सर्पदंश उपचार केन्द्रका सचिव रामपुकार कामतीले बताएका छन्। 

उद्घाटन गरिएको सर्पदंश उपचार केन्द्रमा नयाँ उपचारमा आवश्यक पर्ने उपकरणहरू जडान गरिएको सचिव कामतीले बताएका छन्।

सो सर्पदंश उपचार केन्द्र नेपाली सेनाको १० कट्ठा जग्गामा तत्कालीन सिराहा क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको संसदीय कोषबाट १० लाख, प्रदेश सरकार, जिल्लाका विभिन्न स्थानीय तह र स्थानीय व्यवसायी/व्यक्तिको सहयोगमा निर्माण सम्पन्न भएको केन्द्रका अध्यक्ष विजयकुमार साहले बताएका छन्। सामुदायिक सर्पदंश उपचार केन्द्र निर्माणमा सहयोग गर्नेलाई सम्मान गरिएको छ।