
नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आउँदो पुस अन्तिम साता कैलालीको टीकापुरमा गर्ने भएको छ।
पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुसको २६, २७ र २८ गतेसम्म कैलालीको टीकापुरमा गर्ने तथा त्यसको तयारीका लागि विभिन्न १५ वटा उपसमितिसमेत गठन गरिएको सो पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए।