2023-10-01-03-14-52.jpeg)
सिनामंगलस्थित केएमसी अस्पतालमा कार्यरत इन्टर्न डाक्टर मनीष खड्कामाथि कुटपिट भएको छ।
दिउँसो दुई बजे उपचारका लागि ओपिडी कक्षमा आएका बिरामीका आफन्तले कुटपिट गरेको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले नयाँ पत्रिकालाई जानकारी दिए।
उनका अनुसार ओपिडीमा जचाउन आएका आफन्तले कुर्नुपरेको भन्दै डाक्टरमाथि कुटपिट गरेका हुन्। ‘डाक्टर केहीबेर बाहिर जानुभएको थियो। कुर्न परेको भन्दै उनीहरूले डाक्टर फर्किनेबित्तिकै भनाभन गर्दै कुटपिट गरे,’ उनले भने।
डाक्टरमाथि कुटपिट गर्ने गुल्मी घर भइ हाल काठमाडौं बस्ने रुपक गौतम र सरोज गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कुटपिटपछि चिकित्सक अस्पतालबाहिर सडक आएर प्रदर्शन गरिरहेका छन्। हिजो मात्रै आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति भएको थियो। सहमतिपछि उनीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए।