१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १४ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १४ आइतबार १४:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भ्रमणबाट ‘मुडफ्रेस’ गरेर आउनेबित्तिकै प्रधानमन्त्रीले जनताको ‘मुडअफ’ गरिदिए : सभापति लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १४ आइतबार १४:o७:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीले विदेश भ्रमणबाट आउनेबित्तिकै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको भन्दै आपत्ति जनाएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू चाइना भ्रमणबाट मुडफ्रेस गरेर आउनुभएको रहेछ। आउँदाआउँदै जनताको मुडअफ गरिदिनुभयो मूल्यवृद्धि गरेर। तर, फेरि मुडफ्रेस गराउने काम फिर्ता लिएर गराउनुभएको छ।’

स्वचालित प्रणालीमा गए पनि नेपाल आयल निगमले सधैँ घाटा भयो भनेर मूल्यवृद्धि गर्ने गरेको र बोनस बाँड्ने गरेको भन्दै सभापति लामिछानले असन्तुष्टि जनाए। ‘आयल निगम व्यापार पनि आफैँ गर्छ, आयात पनि आफैँ गर्छ, नियामक निकाय पनि उही हो। सबै कुरा आफैँ गर्छ र सधैँ घाटामा छु भन्छ। कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ। तर, सधैँ घाटामा रहन्छ।’