
नबिल बैंक लिमिटेडको २६६औँ शाखा मोरङको सुन्दरहरैँचा नगरपालिका गोठगाउँ अवस्थित पूर्वाञ्चल विश्वविद्यालयपरिसरमा उद्घाटन गरिएको छ । गोठगाउँ शाखाको उद्घाटन प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला, नबिल बैंकका सञ्चालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्त रूपमा गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि कोइरालाले स्थानीयस्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापका लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए । पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयपरिसरबाट हुने बैंकिङ सेवा विस्तारले विश्वविद्यालयका विद्यार्थी, कर्मचारी साथै स्थानीयवासीसमेत लाभान्वित हुने बताए ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँमा बैंकको व्यवसाय विस्तार मात्रै नभई समुदायस्तरमा काम गर्ने ध्येय रहेको बताए ।