Skip This
मकवानपुरमा दुई हप्तामा बरामद भएको एक हजार ३९ केजी गाँजा जलाएर नष्ट
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o असोज १३ शनिबार
  • Tuesday, 16 September, 2025
२o८o असोज १३ शनिबार १८:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मकवानपुरमा दुई हप्तामा बरामद भएको एक हजार ३९ केजी गाँजा जलाएर नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १३ शनिबार १८:३८:oo

मकवानपुर प्रहरीले शनिबार हेटौँडामा जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको एक हजार ३९ केजी लागुऔषध गाँजा जलाएर नष्ट गरेको छ।

प्रहरीले असोज १० गतेसम्म बरामद गरेको सो परिमाणको गाँजासहित चरेस, नाइट्राभेटलगायतका लागुपदार्थ जलाएर नष्ट गरेको हो। लागुऔषध नष्ट गर्नुपूर्व अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार गत भदौ २७ गतेदेखि असोज १० गतेसम्म बरामद गरेको एक हजार ३९ केजी गाँजा, २०४ ग्राम चरेस, ३.७४० ग्राम खैरो हेरोइन र  एक हजार ४१ ट्याब्लेट नाइट्राभेट जलाएर नष्ट गरिएको हो।

प्रहरीले उक्त परिमाणको लागुऔषध हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित राप्ती खोला किनारमा जलाएर नष्ट गरेको हो।