१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:o५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

देशलाई गरिब बनाउनेहरू जेल जाँदै छन् : मन्त्री मास्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o५:oo

लुम्बिनी प्रदेशका अर्थमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले सरकारी सम्पत्ति दुरुपयोग गरेर मुलुकलाई गरिब बनाउनेहरू जेल जान थालेको बताएका छन्। 

माओवादी केन्द्र तुलसीपुर– ९ को पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले मुलुकमा व्याप्त भ्रष्टाचारले नै मुलुक समृद्धिको मार्गमा हिँड्न नसकेको बताए। भ्रष्टाचार अन्त्य गर्न वर्तमान सरकारले चालेको कदमलाई सबैले सहयोग गर्नुपर्नेमा उनको जोड छ।

‘यो देशका पूर्वगृहमन्त्री, पूर्वउपप्रधानमन्त्री, शासक, प्रशासक, अरबपति जेलमा जान थालेका छन्,’ मास्कीले भने, ‘उनीहरू आफू धनी बनेर देशलाई गरिब बनाउनेहरू हुन्। अझै को कति वेला जेलमा जान्छ, थाहा छैन। सरकारले थालेको यो अभियान सानो कठिनाइका साथ सुरु गरिएको होइन।’

भ्रष्टाचारविरोधी अभियान थालेपछि विभिन्न तवरबाट सरकारलाई कमजोर पार्न थालिएको भन्दै उनले जनता सचेत हुनुपर्ने बताए। ‘यो अभियानलाई सफल पार्न नसकेमा समृद्धिको सपना नदेखे हुन्छ,’ मन्त्री मास्कीले भने।