१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका नवलपरासी
Invalid date format १२:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिजुलीकाे पाेलकाे बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
नयाँ पत्रिका
Invalid date format १२:२३:oo

पश्चिम नवलपरासीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। विद्युतकाे खम्बामा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो।

आज बिहान ६ बजेको समयमा रामग्राम नगरपालिका– ७ बस्ने जयप्रकाश यादव सोही वडाको उजैनीमा रहेको खम्बाको बत्ती निभाउन गएका थिए। सोही क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए। 

करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो। उनलाई अस्पतालका डाक्टरले उपचारका क्रममा ६ः४० बजे मृत्यु भएको घोषणा गरेका थिए। यादवलाई करेन्ट लागेको स्थानमा वाइफाई तथा अन्य तार भुइँसम्म लत्रिएको अवस्थामा रहेको  स्थानीयको भनाइ छ।