मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
मोहन विष्ट कञ्चनपुर
२०८० असोज ११ बिहीबार ११:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

०५१ सालमा काठ तस्करी, ०५३ मा फैसला र ०८० मा पक्राउ 

काठ तस्करी मुद्दाका फरार अभियुक्त रोकाया २७ वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०८० असोज ११ बिहीबार ११:५७:००

काठ तस्करी मुद्दामा फरार कञ्चनपुरका एक अभियुक्त अढाई दशकपछि पक्राउ परेका छन्। काठ तस्करी मुद्दामा फरार भएका कृष्णपुर नगरपालिका– ६ मौरीफाँटाका गोरे रोकाया २७ वर्षपछि पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले अदालतबाट ०५३ सालतिर काठ चोरी निकासी मुद्दामा कैद र जरिवाना तोकिएका रोकाया पक्राउ गरिएको बताए।

रोकायालाई बुधबार इलाका प्रहरी कार्यालय गुलरियाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङ नेतृत्वको टोलीले घरबाटै पक्राउ गरेको थियो। 

रोयाकाले ०५१ सालमा वनबाट काठ तस्करी गरेका थिए। उतिवेला उनको उमेर ३४ वर्षको थियो। मुद्दा फैसला हुँदा ३६ वर्षका डाँगी अहिले पक्राउ पर्दा ६३ वर्ष पुगेका छन्। 

२६ असार ०५३ सालमा जिल्ला अदालत कञ्चनपुरले रोकायालाई काठ चोरी निकासी मुद्दामा एक वर्ष कैद र १७ हजार, तीन सय ८० रुपैयाँ जरिवाना तोकेको थियो। रोकायाले जरिवाना र कैद भुक्तान नगरेपछि पक्राउ गरेर अदालत पेस गरिएको छ। 

‘काठ चोरी निकासी मुद्दामा रोकायाले कैद भुक्तान र तोकिएको जरिवाना भुक्तान नगरेपछि हामीले पक्राउ गरेर अदालत पेस गरेका छौँ,’ प्रवक्ता डाँगीले भने, ‘प्रहरीले अदालत पेस गरेका रोकाया बुधबारै जेल चलान भएका छन्।’ उतिवेलै  ०५३ सालतिर गरिएको अपराध ०८० मा आएर भुक्तानी गर्नुपर्ने बाध्यता आएको छ।