Skip This
घरका साना समस्याको पहिचान र समाधान 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ११ बिहीबार
  • Tuesday, 23 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज ११ बिहीबार ११:o६:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

घरका साना समस्याको पहिचान र समाधान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ११ बिहीबार ११:o६:oo

घरमा पानी, ढललगायत स–सना कुराको व्यवस्थापन नमिल्दा अनावश्यक समस्याहरू झेल्नुपर्छ । नचाहेर पनि यस्ता समस्या बारम्बार आइरहन्छन् । जसले गर्दा तपाईंको दैनिकीलाई असर गरिरहेको हुन्छ । यस्ता केही समस्याको समाधान आफैँ गर्न सकिन्छ । यदि समस्या धेरै भयो भने दक्ष प्राविधिकबाट समाधान गराउनुपर्छ, जसकारण समस्या नदोहोरियोस्, पैसा र समय पनि बचत हुन सकोस् । 

पानी लिक हुने र छत चुहिने
सहरी क्षेत्रका घरमा वेला–वेलामा पानी लिक भइरहन्छ । पानी लिक पाइप फुटेर हुन सक्छ । यसबाहेक घरको छत चर्केको, प्वाल परेको कारणले पनि वर्षात्को समयमा पानी छिर्न सक्छ । पानी लिक भएपछि घरका भित्ताको रङ खुइलिने हुनाले फोहोर देखिन्छ र कमजोर बनाउँछ । जसका कारण घरका फर्निचर, कार्पेट आदि पनि बिगार्छ । यसले घरको सौन्दर्यमा ह्रास ल्याउँछ । 

पानीको लिकेजले सर्किट सट हुने जोखिम पनि रहन्छ । घरमा पानी लिक हुने, छत चुहिने समस्या छ भने मर्मत गरिहाल्नुपर्छ । पानी लिक हुने समस्या सामान्य छ भने प्राविधिकको सहयोगमा आफैँ बजारबाट सामग्री किनेर समाधान गर्न सकिन्छ । तर, छतको चुहावटका लागि चाहिँ विशेषज्ञकै जरुरी हुन्छ । 

पानीको पाइप फुट्ने समस्या 
अधिकांश घरधनीलाई पानीको पाइप फुट्ने समस्याले सताइरहेको हुन्छ । यस्तो किसिमको समस्या अत्यधिक मात्रामा देखिन्छ । पाइप फुटेर पानी लिक भएको थाहा पाउन फुटेको स्थान पत्ता लगाउनुपर्छ । पाइप थोरै मात्र फुटेको छ भने आफैँले मर्मत गर्न सकिन्छ । पानीलाई सिल गर्ने टेप बजारमा सजिलै उपलब्ध हुन्छ । यदि पाइप धेरै नै फुटेको छ भने प्राविधिकलाई बोलाएर मर्मत गर्न लगाउनुपर्छ । 

झ्याल र ढोकाको समस्या 
झ्याल र ढोका घरमा निरन्तर प्रयोग हुन्छ । सामान्य गल्तीबाट घरको झ्याल–ढोका बिग्रने वा फुट्न सक्छन् । यदि ढोका बिग्रिएको छ वा लक राम्रोसँग नहुँदा तुरुन्तै मर्मत गर्नुपर्ने हुन्छ । ढोका जाम भएमा फोड्नुपर्ने हुन सक्छ । त्यसैले यस्ता समस्या देखिएमा प्राविधिकलाई बोलाउनु उचित हुन्छ ।