१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १५:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बैंकिङ कसुरमा दिलीपकुमार पक्राउ, छुटाउन म्याद थप नभएकाे आराेप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१७:oo

रौतहतको परोहा नगरपालिका– ३ स्थायी घर भई वीरगन्ज बस्दै आएका ३५ वर्षीय दिलीपकुमार साह बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्।

मंगलबार वीरगन्जको दुर्गा हलअगाडिबाट उनलाई रौतहट प्रहरीले बैंकिङ कसुर मुद्दामा पक्राउ गरेर अदालतबाट म्याद थप नगरी नियन्त्रणमा राखेको छ। बैंकिङ कसुर मुद्दामा फरार रहेका साहलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय रौतहतले पर्सा प्रहरीलाई गत भदौ ३१ पत्रचार गरेको थियो। 

सोहीअनुसार पर्सा प्रहरीलाई जानकारी दिएर साहलाई रौतहट प्रहरीले नियन्त्रणमा राखेर हालसम्म अदालतमा लगेर म्याद नथपेको र छोड्ने तयारी गरेको प्रहरी स्रोतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले भने पक्राउ परेका साहलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको बताए। साह पक्राउ परेको २४ घन्टाभन्दा बढी समय बितिसक्दा पनि अदालतबाट उक्त मुद्दामा अनुसन्धानका लागि म्याद थपिएको छैन। 

मुद्दा फाँटका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले भने पक्राउ परेका साहको मुद्दाबारे आफूलाई जानकारी नभएको र उक्त मुद्दा अरू प्रहरीले हेरिरहेको बताए। 

पर्साको पकाहामैनपुर गाउँपालिका स्थायी घर भई वीरगन्ज बस्दै आएका सुनील पाण्डेले जिल्ला प्रहरी कार्यालय रौतहटमा साहको विरुद्धमा बैंकिङ कसुर मुद्दामा जाहेरी दर्ता गराएका थिए।

सोहीअनुसार ०८० जेठ २९ गते साहलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पुर्जी जारी गरेको थियो। प्रहरी स्रोतका अनुसार ३१ लाखको बैंकिङ कसुर मुद्दामा पक्राउ परेका साहलाई अनुसन्धानमा राखेर रौतहट प्रहरी छोड्ने प्रयासमा लागेको छ।