१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जलेश्वर नगरपालिका साक्षर घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५o:oo

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शिक्षाविना विकास सम्भव नभएको बताएका छन्।

जलेश्वर नगरपालिका साक्षर घोषणा कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले अहिले देश हाँकिरहेका नेतादेखि प्रशासनिक र सबै निकायमा भइरहेको विकास शिक्षाकै कारण सम्भव भएको बताए। उनले अझै मधेश प्रदेशमा शिक्षामा धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै प्रदेश सरकारले त्यसका लागि विभिन्न काम गरिरहेको बताए।

मुख्यमन्त्री यादवले शिक्षा प्रदेशमातहत नभए पनि शिक्षाको स्थितिमा सुधार ल्याउन प्रदेशमा स्थापना गरिएको शिक्षा तथा समाज कल्याण मन्त्रालयले काम गरिरहेको बताए। मन्त्रालयबाट केही काम भएको र थप काम हुने चरणमा रहेको उल्लेख गर्दै उनले निकट समयमै मधेश प्रदेशको शिक्षामा सुधार आउने आशा व्यक्त गरे।

राष्ट्रिय जनगणना २०७८ अनुसार जलेश्वर नगरपालिकाको कुल जनसंख्या ६३ हजार ८०२ रहेकोमा कुल साक्षरता दर ६७.६ प्रतिशत रहेको थियाे। जसमा पुरुषको साक्षरता दर ७७ प्रतिशत र महिलाको साक्षरता दर ५८.७ प्रतिशत थियाे। नगरपालिकाले ‘इच वन, टिच वन’ अवधारणाअनुरूप सामुदायिक विद्यालयका कक्षा ९, १०, ११ र १२ का ३०० विद्यार्थीहरूलाई सहजकर्ताको रूपमा परिचालन गरी पालिकाका ५ हजार ९२६ निरक्षरहरूलाई साक्षर बनाई साक्षरता प्रतिशत ९५.५ प्रतिशत पुर्‍याएपछि साक्षर पालिका घोषणा गरिएको हो।

जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले अध्यक्षता गरेको कार्यक्रममा मुख्यमन्त्री यादव र नगरप्रमुख साहले संयुक्त रूपमा पालिकालाई साक्षर घोषणा गरेका थिए। पालिकालाई साक्षर घोषणा गर्न रत्याैली युवा क्लबले सहजीकरण गरेको थियो।