१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनाथ बालबालिकाका लागि गाईघाटमा ‘साझा सेवा घर’ सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२१:oo

उदयपुरको गाईघाटमा अनाथ बालबालिकाका लागि साझा सेवा घर सञ्चालनमा ल्याइएको छ। सडकलाई सडकमानवरहित बनाउने उद्देश्यले मानव कल्याणका लागि साझा सेवा घर सञ्चालनमा ल्याइएको हो।

साझा सेवा घरका सचिव जोया चौधरीले अशक्त, अनाथ, अपांग, मनोरोगी एवं बेवारिसे मानवलाई उद्धार गरी मानवीय सेवा गर्ने उद्देश्यले साझा सेवा घर सञ्चालनमा ल्याइएको बताइन्। उनले भनिन्, ‘विभिन्न कारणले सडकपेटी तथा सार्वजनिक स्थलहरूमा कष्टकर जीवन बिताउन बाध्य भएका अशक्त, अनाथ, अपांग, मनोरोगी एवं बेवारिसे व्यक्तिको उद्धार गरी संरक्षण गर्ने उद्देश्यले उदयपुरको गाईघाटमा साझा सेवा घर सञ्चालनमा ल्याएका हौँ।’

त्रियुगा नगरपालिका– ११ स्थित गाईघाटमा एक कार्यक्रम गर्दै सञ्चालनमा ल्याइएको साझा सेवा घरमा हाल कष्टकर जीवन बिताउन बाध्य भएका तीन बालबालिकालाई संरक्षण गरिएको उनले बताइन्।

साझा घरमा गाँस, वास, कपाससँगै शिक्षा र स्वास्थ्य औषधोपचारको व्यवस्था गरिएको छ। संस्थाको आफ्नै भवन नहुँदा साझा सेवा घरमा आश्रय लिइरहेका व्यक्तिहरूलाई व्यवस्थित बनाउन अप्ठ्यारो रहेको, तर निकट भविष्यमा आफ्नै भवन बनाएर सेवा दिने साझा सेवा घरकी अध्यक्ष गीता खड्काले जानकारी दिइन्।

त्रियुगा नगरपालिकाले सेवा घरका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउने भएको छ। त्रियुगा नगर प्रमुख वसन्त बस्नेतले मानवीय सेवाको कार्यमा सबैले सहयोग गरिदिन आग्रह गरेका छन्। ‘साझा सेवा घरमा आश्रय लिन आउने सबैका लागि स्वास्थ्य र शिक्षाको निःशुल्क व्यवस्था गरिनेछ,’ उनले भने।