१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाथीभरा आउने तीर्थयात्री तथा संकलित भेटी सिसिक्यामेराबाट गणना हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४१:oo

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसिक्यामेरा’बाट हुने भएको छ। यसका लागि ठूलोफेदीमा ‘हेडकाउन्टिङ सिसिक्यामेरा’ जडानसमेत गरिएको छ।  

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले पाथीभरा मन्दिरपरिसर र पाथीभरा दर्शनका लागि तीर्थयात्री वासस्थानको मुख्य आधार क्षेत्र माथिल्लो फेदीमा सिसिक्यामेरा जडान गरिएको बताए।
 
उनले भने, ‘नियमित मोनिटरिङ फेदीस्थित प्रहरी चौकीबाट हुनेछ। फेदीबाट फाइबर केवल तानेर पाथीभरा मन्दिरपरिसरसम्म पुर्‍याइएको छ। फेदीमा फेस डिटेक्टिङ तथा हेड काउन्टिङ क्यामेरासमेत जडान गरिएको छ।’

प्रविधिलाई प्राकृतिक प्रकोपबाट जोगाउने हरसम्भव उपायका उपकरणको प्रयोग गरेर यो प्रयास गरिएको छ। पाथीभरामा गरिएको यो पहिलो प्रयास भएको समितिले जनाएको छ। 

समितिले तीर्थालुको सुविधाका लागि आगामी शनिबारदेखि सुरु हुने गरी पाथीभरा मन्दिरपरिसरमा चारवटा सिसिक्यामेरा जडान गरेको समिति अध्यक्ष रक्की थेबेले जानकारी दिए। उनका अनुसार मन्दिर प्रवेशद्वार ट्रस्टमा एक, मन्दिरभित्र बायाँ ढोकातर्फ देखिने एक, मन्दिरभित्र देखिने गरी एक, मन्दिरभित्र माताको शिर देखिने गरी एक क्यामेरा जडान भएको छ। 

त्यस्तै, ठूलोफेदीमा कान्छी थान मन्दिर देखिने गरी एक सिसिक्यामेरा जडान गरिएको छ। ठूलो फेदीनजिकै प्रवेशद्वारमा तीर्थालुको संख्या गणना गर्ने गरी ‘हेडकाउन्टिङ क्यामेरा’ राखिएको छ भने ठूलोफेदी बजारपरिसरमा दुई गरी आठ सिसिक्यामेरा जडान भएको छ। क्यामेरा खरिद तथा जडानमा सात लाख ५० हजार खर्च भएको निर्देशक काफ्लेले जानकारी दिए। 

निर्देशक काफ्लेका अनुसार पाथीभरामा तीर्थयात्रीबाट संकलित रकम गणनासमेत प्रहरीले सिसिक्याेमरामार्फत गर्नेछन्। संकलित रकम गणना गर्दा अहिले पाथीभरा क्षेत्र विकास समितिको कार्यालयबाट निगरानी भइरहेको थियो। तर, अब जिल्ला प्रहरी कार्यालयमा पनि निगरानीका लागि जोडिएको निर्देशक काफ्लेले बताए।