१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:३५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पोखरामा मिनी सडक महोत्सवसहित पर्यटन दिवस मनाइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३५:oo

प्रत्येक वर्ष २७ सेप्टेम्बरका दिन मनाइने विश्व पर्यटन दिवस पोखरामा विविध कार्यक्रम गरी मनाइने भएको छ।

दिवसको अवसर पारी ९ र १० असोजमा पर्यटकीय नगरी पोखरामा विविध कार्यक्रम गरिने भएको छ। यस वर्षको ४४औँ विश्व पर्यटन दिवस ‘पर्यटन र हरित लगानी’ भन्ने मूल नाराका साथ विश्वभर मनाइँदै छ।

पोखरेली पर्यटन व्यवसायीहरूको छाता संस्था पोखरा पर्यटन परिषद्को आयोजना तथा प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा विविध कार्यक्रमसहित दिवस भव्य रूपमा मनाइने भएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

दिवसको पूर्वसन्ध्या (९ असोज)मा टान गण्डकीको आयोजनामा व्यवसायी, पर्यटक, पत्रकारसहितको टोलीले मार्गी–पुम्दीकोटसम्मको एकदिने पदयात्रा कार्यक्रम गर्दै छ। त्यसैगरी, दिवसका दिन १० असोजमा नाट्टा गण्डकीको आयोजनामा पोखरा पर्यटन बसपार्कमा वृक्षरोपण तथा रक्तदान कार्यक्रम हुनेछ। सोही दिन पोखरास्थित पर्यटकीय संघ संस्थाहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा पर्यटन बसपार्कमा आउने पहिलो पर्यटकलाई स्वागत सम्मान गर्ने पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए।

सोही दिन साँझ ५ बजेदेखि रेवान पोखराको आयोजनामा लेकसाइड क्षेत्रको बाराही चोकदेखि खहरे चोकसम्म मिनी सडक महोत्सवकोसमेत आयोजना गरिनेछ। महोत्सवमा नेपाल र भारतका विभिन्न सांस्कृतिक कार्यक्रमहरू, बाजागाजा र झाँकीसहितको र्‍यालीसँगैै पर्यटकहरूलाई फूलमालाले स्वागत गरिने रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए।

‘सडकमै खाऊ, सडकमै रमाऊ’ भन्ने नाराका साथ आयोजित सडक महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने श्रेष्ठले जानकारी दिए।

दिवसको अवसरमा छिमेकी मित्रराष्ट्र भारतबाट भारतीय टुर अपरेटर र भारतीय मिडियाकर्मीहरूसमेत पोखरा आउँदै छन्। कार्यक्रममा सहभागी हुन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव विशेष अतिथिका रूपमा पोखरा आउनेछन्। कार्यक्रममा भारत तथा नेपालका टुर अपरेटर र मिडियाकर्मीहरूबीच अन्तर्क्रियासमेत हुने टानका अध्यक्ष धर्म पन्थीले जानकारी दिए।