१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ८ सोमबार
  • Monday, 24 June, 2024
रमेश रावल सुर्खेत
२o८o असोज ८ सोमबार o८:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

श्रीमानकाे यातना भोग्दै आएकी गीताले गरिन् आत्महत्या

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८o असोज ८ सोमबार o८:४७:oo

लामो समयदेखि श्रीमान्बाट मानसिक र शारीरिक यातना भोग्दै आएकी कालिकोटकी गीताकुमारी जैसीले आत्महत्या गरेकी छिन् । केही दिनदेखि सोसेक नेपाल नामक संस्थाको संरक्षणमा रहँदै आएकी गीताले आइतबार बिहान आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी अर्जुन केसीले आइतबार बिहान संरक्षक कर्मचारीहरू खाना गएका वेला शौचालयको ढोकामा गीताले झुन्डिएर आत्महत्या गरेको जानकारी दिए । ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘संरक्षण गरिरहेको संस्थाको घरमा नै मृत्यु भएको हो ।’

दैलेख भगवतीमाई गाउँपालिका– ५ कट्टीका दानबहादुर शाहीसँग विवाह गरेकी गीतालाई लामो समय शाहीले मानसिक तथा शारीरिक यातना दिँदै आएका थिए । पतिसँग झगडा परेपछि उनले कालिकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी थिइन् । सान्नीत्रिवेणी– १ लुसा माइत भएकी २५ वर्षीया गीता मानसिक यातनाकै कारणले चार वर्षीय छोरा टेकेन्द्रसहित केही दिनअघि बेपत्ता भएकी थिइन् । बेपत्ता भएको भोलिपल्ट उनी नेपालगन्जमा भेटिइएकी थिइन् । 

गीताका श्रीमान् दानबहादुर दैलेख घर भए पनि कालिकोटको मान्म बजारमा व्यवसाय गर्दै आएका छन् । शाही एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य थिए । केही समयअघिसम्म कार्यालय सचिवको काम गर्थे । तर, महिला हिंसा गरेको उजुरी परेपछि एमालेले उनलाई सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरेको थियो । 

दानबहादुरले पाँच वर्षअघि गीतालाई कान्छी श्रीमतीका रूपमा बिहे गरेर भित्र्याएका थिए । छोरा जन्माएपछि भने कुटपिट गर्दै हिंसा गर्न थालेपछि गीता अलग बस्दै आएकी थिइन् । दानबहादुरले गीता र उनका छोरालाई मारिदिने धम्की दिने गरेका थिए । न्यायका लागि गीत पटक–पटक प्रहरीसमक्ष पुगेकी थिइन् । गत वर्ष लुसा भिरमा लडेर मरेका उनका बुबालाई मान्छे लगाएर भिरबाट धकेल्न लगाएर हत्या गरेको भन्दै दानबहादुरले फेसबुक म्यासेन्जरमा गीतालाई पठाएको फेला पारेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । 

ad
ad
ad
ad