१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार ११:११:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:११:oo

साना बालबालिकाले आफ्नो कपडा छिटै फोहोर गर्ने भएकाले उज्यालो रङका कपडा कम किनिदिनुस् । गाढा रङका कपडामा फोहोर वा दाग धेरै देखिँदैन । 

बच्चाहरू फेन्सी कपडा लगाउन रुचाउँछन् । कार्टुन, फूल, पशुपक्षीको चित्र भएको कपडा लगाउन पाउँदा उनीहरूलाई आनन्द आउँछ । त्यस्ता चित्र र रङ देख्दा उनीहरू रमाइलो मान्छन् । बच्चालाई सरल र आरामदायी कपडा लगाइदिनुपर्छ । किनकि, उनीहरू उफ्रने, दौडने र नाच्ने गरिरहन्छन् । 

बजारमा विभिन्न डिजाइनका किड्स वेयर उपलब्ध छन् । छोरीका लागि विभिन्न डिजाइनका फ्रक, लेहेंगा, गाउन, स्कर्ट, फूलकारी बुट्टा भरिएका विभिन्न स्टाइलका पाइन्ट तथा जामा बजारमा पाइन्छन् । त्यस्तै, छोराका लागि जिन्स, टिसर्ट, सर्टहरू पाइन्छन् । चम्किलो रङको कपडा लगाउँदा साना बालबालिका मायालु देखिन्छन् ।

रातो, हरियो र निलो रङको पहिरनले आकर्षक लुक्स दिन्छ । उनीहरूलाई सक्रिय रहन पनि यस्ता रङले ऊर्जा दिन्छ । साना बालबालिकाले आफ्नो कपडा छिटै फोहोर गर्ने भएकाले उज्यालो रङका कपडा कम किनिदिनुस् । गाढा रङका कपडामा फोहोर वा दाग धेरै देखिँदैन । 

ad
ad