१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:३९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा छुट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:३९:oo

हिमालयन बैंक लिमिटेडका ग्राहकले देशका एक सय ६० भन्दा बढी स्थानमा वस्तु तथा सेवाको खरिदमा छुट पाउने भएका छन् । बैंकका ग्राहकले काठमाडौं, पोखरा, चितवनलगायतका देशका विभिन्न स्थानमा रहेका होटेल, रेस्टुराँ, अस्पताल, ल्याब, डायग्नोस्टिक सेन्टर, गहनागृह, बुटिक, सलुन, ट्राभल एन्ड ट्रेक, एड्भेन्चर टुरिजमलगायतमा वस्तु तथा सेवा खरिद गर्दा छुट पाउने भएका हुन् । 

त्यस्तै कपडा, चस्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित सामग्री, खेलकुद सामग्री, फर्निचर, विद्युतीय दुईपांग्रे सवारी, कस्मेटिकलगायतका पसल तथा सोरुममा समेत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकले सम्बन्धित व्यवसायीसँगकोे सहकार्यमा आफ्ना ग्राहकका लागि अधिकतम २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । छुट सुविधा प्राप्त गर्न ग्राहकले बिल लिनुभन्दा पहिला नै आफू हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट–क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानहरूबाट निर्धारित छुट पाउने बैंकले जनाएको छ । बैंकले छुट पाउने स्थानका बारेमा आफ्नो वेबसाइटमा जानकारी राखेको छ ।