मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज ६ शनिबार
  • Thursday, 27 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ६ शनिबार १८:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जितपछि पारसले भने– क्यानलाई नेपाली टिमजस्तै वाहवाही हुने बनाउन चाहन्छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ६ शनिबार १८:१४:oo

नेपाल क्रिकेट संघ (क्यान)का नवनिर्वाचित सचिव पारस खड्काले आफूले क्यानको वाहवाही होस् भन्ने चाहेको बताएका छन्। निर्वाचित भएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो लक्ष्य सुनाएका हुन्।

क्रिकेटमा लागेर पनि आफ्नो भविष्य सुनिश्चित गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने भन्दै पूर्वकप्तानसमेत रहेका खड्काले त्यसका लागि आवश्यक संरचना तयार गर्नुपर्ने प्रस्ट पारे।

‘आज नेपाल क्रिकेट टिमको वाहवाही भएको छ। नेपाली क्रिकेट टिम जहाँ जान्छ देशभरि नै यो हाम्रो टिम भनेर देशले नै स्विकारेको छ। आगामी दिनमा हामीले संस्थागत रूपमा जिल्ला र प्रदेशमा एउटा राम्रो संरचना ल्याएर क्रिकेटमा लागेर आफ्नो भविष्य सुनिश्चित गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ,’ उनले भने, ‘अहिले नेपाली क्रिकेट टिमको वाहवाही भएजस्तै अब २–३ वर्षमा नेपाल क्रिकेट संघको पनि वाहवाही होस् भन्ने मेरो इच्छा छ।’