१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १९:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यस्तो छ सरकार र आन्दोलनरत शिक्षकबीचको सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५६:oo

सरकार र आन्दोलनरत शिक्षकबीच ६बुँदे सहमति भएको छ । नेपाल सरकार र आन्दोलनरत पक्षको तर्फबाट नेपाल शिक्षक महासंघका प्रतिनिधिबीचको वार्ताले ६बुँदे सहमति जुटाएको हो । 

सहमतिमा सरकारले आन्दोलनरत पक्षले उठाएका माग सम्बोधन गर्ने तथा शिक्षकले आन्दोलन फिर्ता लिने समझदारी भएको छ ।

सहमतिको पहिलो बुँदामा नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकको मर्यादाक्रम कायम गर्ने उल्लेख छ । 

यस्तै, विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका व्यवस्थामा संसद्को सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद् सञ्चालनसम्बन्धी मौजुदा विधिबमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने सहमति पनि भएको छ । 

यसक्रममा शिक्षकको दश–दश वर्षमा आवधिक बढुवा हुने व्यवस्था गर्ने, माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवा हुन न्यूनतम पाँच वर्ष सेवा कायम गर्ने, प्रजातान्त्रिक एवं पेसागत आन्दोलन तथा द्वन्द्व प्रभावित शिक्षक तथा कर्मचारीको विस्थापित भएको मितिबाट पुनर्वहालीसम्म वा निवृत्त भएको वा सेवाबाट राजीनामा दिएको अवधिसम्म टुटेको सेवा अवधि निवृत्तिभरण वा उपदान वा अन्य सुविधा प्रयोजनका लागि गणना गर्ने सहमति भएको छ । 

यस्तो छ सहमतिपत्र