प्रस्तावित विद्यालय शिक्षा विधेयकविरुद्ध शिक्षकको आन्दोलन आज पनि जारी छ। बिहीबार तीन चरणमा भएका वार्ता निष्कर्षहीन भए पनि शुक्रबार निर्णायक वार्ता हुने बताइएको छ।
बिहीबारको छलफलमा शिक्षकले आफूहरूले उठाएका माग र विधेयक संशोधनमा लिखित सहमति गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर, सरकार पक्ष त्यसमा तत्पर नभएको महासंघको आरोप छ।
शिक्षामन्त्री अशाेककुमार राईले शिक्षकका उपयुक्त माग पूरा गर्न सरकार तयार रहेको बताएका थिए ।
तस्बिरहरू :