१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:५५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

समृद्धि फाइनान्सको १७ वर्षमा आठ गुणा प्रतिफल दिने ब्याजदर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५५:oo

बचतकर्ताको बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ‘समृद्धि बचत धमाका’को योजना ल्याएको छ । योजनाअनुसार कम्पनीले ग्राहकको बचतलाई दुई सय नौ महिना आठ दिनमा आठ गुणासम्म प्रतिफल दिने योजना ल्याएको हो । 

योजनाअन्तर्गत ग्राहकले समृद्धि फाइनान्सको धमाका योजनामा आफ्नो बचतलाई ७५ महिना २० दिनमा दोबर, ११९ महिना २८ दिनमा तीन गुणा, १७५ महिना २१ दिनमा पाँच गुणा र २२७ महिनामा आठ गुणासम्म बढाउन सक्ने जनाइएको छ ।

साथै, रेमिट्यान्स बचत धमाका योजनाअन्तर्गत बचतकर्ताले आफ्नो बचतलाई ६९ महिना २३ दिनमा दोबर, ११० महिना १७ दिनमा तीन गुणा, १६१ महिना २९ दिनमा पाँच गुणा र २०९ महिना आठ दिनमा आठ गुणासम्मको उच्चतम प्रतिफल पाउन सक्ने उल्लेख छ ।