पुस्तकलाई सजाएर राख्नका लागि बजारमा धेरै डिजाइनका सोकेस र दराजहरू पाइन्छन् । ट्री बुकसेल्फ अहिलेका युवापुस्तामाझ चर्चित डिजाइन हो । यसलाई सानो स्पेसमै पनि राख्न सकिन्छ ।
त्यस्तै, एक ठाउँबाट अर्को ठाउँमा सार्न पनि सजिलो हुन्छ । यसले क्लासिक लुक्स दिन्छ । ट्री बुकसेल्फनजिकै मनिप्लान्ट राख्नुभयो भने कोठा अझै राम्रो र प्राकृतिक देखिन्छ ।
बजारमा सार्न मिल्ने खालका हल्का ट्री बुकसेल्फ पनि पाइन्छन् । तपाईंले आफ्नो रुचिअनुसार भित्तामै एट्याच गरेर पनि ट्री बुकसेल्फ डिजाइन गर्न सक्नुहुन्छ । यसले किताबको जतन पनि गर्छ, कोठालाई पनि आकर्षक देखाउँछ । घरमा पाहुना आउँदा म्यागेजिन, पत्रिका वा पुस्तक निकालेर पढ्न पनि सजिलो हुन्छ ।